धर्म/ संस्कृति

आजको राशिफल : यी ५ राशिका लागि अशुभ

आजको राशिफल : यी ५ राशिका लागि अशुभ

वि.सं.२०७७ साल आषाढ ३० गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई १४ तारिख । नेपाल संवत् ११४०, काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । सुन्दर तथा विलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । काम गर्दा निति नियमको पालना नगर्दा द ण्ड तथा ज रिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नाले आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मुल्य पाइने छैन । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्याक्तिहरुकको धन सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा मनमु टाब बढ्ने योग रहेकोछ

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

चाहेका कामहरु गर्न सकिने तथा साथीभाइहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको ब न्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रशन्न हुँनेछन् । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईँको भूमिका महत्वपुर्ण हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरका लागि राम्रो छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरुसँग मनमु टाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरु तपाईदेखि टाडिन सक्छन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । पारिवारका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो क सिलो हुनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरिन मनग्गे आम्दानी हुनेछ भने नया योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाईने हुदा पन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आमा तथा आमासँग मनमु टाव हुँदा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । समाजसेवामा तथा राजनितिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

परिवारका साथ जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पहिले गरेका कामबाट मनग्गे आम्दानि हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिष्पर्धिहरु हार खानेछन् भने तपाईको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरण तथा हासखेलमा समय बित्नेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७