स्वास्थ्य

पाठेघरको मुखको क्यान्सर हुन नदिन के गर्ने ?

पाठेघरको मुखको क्यान्सर हुन नदिन  के गर्ने ?

कोटेश्वरकी ४० वर्षीया सीत केसी (नाम परिवर्तन) लाई रक्तश्राव धेरै हुने गथ्र्यो । उपचार गराउँदा उनमा पा ठेघरको समस्या देखियो । पछि उनलाई पा ठेघरको क्यान्सर भएको पत्ता लाग्यो । सुरुको अवस्थामा पत्ता लागेकाले उनको उपचार संभव भएर अहिले क्यान्सरमुक्त जीवन यापन गरेकी छिन् ।

हरिकलाको जस्तो समस्या अन्य महिलालाई पनि देखा पर्न सक्छ । रोग नलुकाई समयमै उपचार गराएमा पूर्ण रुपमा निको हुने क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही बताउँछन् ।

डा. अरुणका अनुसार नेपाली महिलामा सबैभन्दा बढी पा ठेघरको मुखको क्यान्सर हुने गर्छ । यो क्यान्सर १ नम्बरमा पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पा ठेघरको मुखको क्यान्सरले गर्दा प्रत्येक दिन पाँच जना महिलाको मृत्यु हुन्छ । सुरुको अवस्थामा पत्ता लागेमा यसको उपचार शत प्रतिशत छ । यसबाट बच्नका लागि भने ध्यान पुर्‍याउनैपर्छ ।

डा. अरुण शाही, क्यान्सर रोग विशेषज्ञ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

पाठेघरको मुखको क्यान्सर हुने कारण र लक्षण

– पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) हो । विश्वस्वास्थ्य संगठनको अध्ययनबाट पनि यो कुरा प्रमाणित भइसकेको छ ।

– महिनावारीको बीच–बीचमा पनि रक्तश्राव हुनु ।
– सानै उमेरमा विवाह हुनु र बच्चा जन्मनु ।

– धेरैजना यौ न पार्टनर हुनु । यो नीबाट गन्हाउने पानी बग्नु । पा ठेघरको मुखको क्यान्सर हुनबाट बच्न भ्याक्सिन दिनु जरुरी छ । ९ देखि २६ वर्ष उमेरका महिलालाई भ्याक्सिन दिन सकिन्छ ।

९ देखि १५ वर्ष उमेरका केटीलाई दुई डोज भ्याक्सिन (कार्डासिल) दिन सकिन्छ । १५ देखि २६ वर्ष उमेरका युवतीलाई भने तीन डोज भ्याक्सिन दिनुपर्ने हुन्छ । भ्याक्सिन दिएमा पा ठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।

भ्याक्सिन दिइसकेपछि पनि २१ वर्षका उमेरभन्दा माथिका महिलाले स्क्रिनिङ पनि गर्नुपर्छ । सर्वमान्य प्याप स्मेयर स्क्रिनिङ गर्नुपर्छ । २१ वर्षदेखि ६५ वर्षका महिलाले प्रत्येक तीन वर्षमा एकपटक प्याय स्मेयर टेस्ट गराउनुपर्छ ।

एचपिभी भाइरस डिएनए टेस्ट गराउन मन लागेमा ३० वर्ष उमेर पुगेपछि प्रत्येक पाँच वर्षमा एकपटक गराउन सकिन्छ । एकभन्दा बढी यौन पार्टनर राख्नुहुँदैन । भ्याक्सिन लिएको र उमेर पुगिसकेपछि प्याप स्मेयर स्क्रिनिङ गरेमा पाठेघरको मुखको क्यान्सरमुक्त समाजको कल्पना गर्न सकिन्छ ।

उपासना घिमिरे/नारी म्यागजिन

यो पनि- गोरो बन्न मन छ ? यी उपाय अपनाउनुहोस्

मानिसलाइ र सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन तपाइँहामी सधै प्रयासरत हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहारमा चमक ल्याउन कुनै कसर छोड्दैनौँ ।

अनेक किसिमका क्रिम, पाउडर लगायतका चिजहले अनुहारका साथै छालामा नकारात्मक असर पनि गरिरहेको छ। आज हामी तपाईलाई गोरो बन्ने प्राकृतिक उपायका बारेमा जानकारी दिदैछौँ ।

गुलावः गुलावको पात र दूध मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहार चमकदार र गोरो बन्छ।

कागतीः कागतीले छालाको रंग हल्का बनाउछ र छालाको गहिराइसम्म सफा राख्न मद्दत गर्छ र अनुहारको दाग हटाउछ । कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेट सम्म अनुहारमा राख्ने र सफा पानीले धूने गर्नाले तपाईको अनुहार गोरो र चम्किलो बन्छ।

बेसारः काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै तपाईको त्वचाको रंगमा परिवर्तन ल्याउछ।

बेसनः बेसन एक प्राकृतिक र प्राभावकारी फेस प्याक हो । यसलाई दूध या दहीमा मिलाएर थोरै बेसार राखि त्वचामा लगाउने गर्नाले त्वचामा चमक ल्याउछ । यसमा कागती र टमाटर पनि मिलाएर प्रयो गर्न सकिन्छ ।

चंदन पाउडरः चंदनलाई पिसेर अथवा पेस्ट बनाएर बिस्तारै त्वचामा लगाउने गर्नाले यसले त्वचाको दाग धब्बा हटाइ गोरो बनाउछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७