मनोरञ्जन

सुशान्त मृत्यु प्रकरण: मौनताको खण्डन गर्दै रिचाको कडा जवाफ

सुशान्त मृत्यु प्रकरण: मौनताको खण्डन गर्दै रिचाको कडा जवाफ

बलिउड नायक सुशान्त सिंह राजपुतको आ त्मह त्या प्रकरण अझै सेलाएको छैन । सुशान्तको आ त्मह त्या प्रकरणमा नायिका रिचा चड्डाको मौनताले स्वयम उनीमाथि नै प्रश्न खडा गरिदिएको भारतिय मिडियामा चर्चा छ ।

सुशान्तको मृत्युबारे नायिका रिचा चड्डाले कुनै स्पष्टोती नदिएको र उनी मौन रहेको कारण सामाजिक सञ्जालमा धरै व्यक्तिले उनको मौनता प्रति प्रश्न खडा गर्दै सुशान्तको राम्रो साथीेको रुपमा रहेपनि उनको पक्षमा किन रिचा मौन रहेको र आफूसित यस्तो व्यवहार भए यसरी नै मौन बस्थिइन् भन्दै प्रश्न सोधिएको थियो ।

नायिका रिचाले सोधिएको प्रश्नको खण्डन गर्दै जवाफमा नायिका रिचाले प्रकरणको अनुसन्धान प्रहरीले गरिरहेको बताइन् । यस विषमा प्रश्न सोध्न कसरी हिम्मत गरेको भन्दै उनी व्यक्तिमाथि खनिन् । यस विषयमा सम्पूर्ण व्यक्तिले आफ्नो तर्फबाट सहयोग गरिरहेको भन्दै उनले भनिन्,‘तपाईले सामाजिक सञ्जालमा गरेको वहियात प्रश्नले मा नसिक ‘समस्या’ उत्पन्न गर्न भूमिका खेल्ने गर्दछ। ‘कमजोर मानिसहरु यस्तै प्रकारका प्रश्न कारण वा मजाक सामाजिक सञ्जालमा उडाएमा ‘मृत्यु’ रोज्न बा ध्य हुन्छन्।’ तपाइले सोधेको प्रश्नले सुशान्तको स्मृतिलाई ठेस पुगेको बताएकी थिइन् ।

सुशान्तको आ त्मह त्यापिछ रिचाले श्रद्वान्जलीका लागी सामाजिक सञ्जालमा सुशान्तसित विताएका केही खुशीको पलहरुको तस्बीर राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७