विचित्र संसार

युवकले गरे मृत प्रेमिकासँग बिहेः कोही नरुनु भन्दै आफु चाँहि बेस्सरी रोए

युवकले गरे मृत प्रेमिकासँग बिहेः कोही नरुनु भन्दै आफु चाँहि बेस्सरी रोए

मानिसको जीवनको विवाह एक हिस्सा हो । विवाह त जिउँदै मानिसको मात्र हुन्छ तर एक पुरुषले मरेकी युवतिसँग विवाह गरेका छन् ।

यो रोचक र मार्मिक घटना चिनको हो । चीनमा जु शिनाग र यांग लियु केहि वर्षदेखि एकअर्कालाई निकै माया गर्थे । दुवैले अदालतमा विवाह गर्ने निवेदन पनि दिएका थिए ।

अन्तिम सस्कारमा कोही नरुनु भन्दै थियौ तर म आफैले आँशु रोक्न सकिन भन्दै बेस्सरी रोए

अदालतले मन्जुरी दिएको ३ महिनामा नै युवतिलाई ब्रेस्ट क्यान्सर भयो । त्यसको ४ वर्षसम्म सर्जरी र कीमोथेरापी पछि उनले क्यान्सर जितिन् । फेरी एक वर्षपछि उनलाई क्यान्सर भएकाले अस्पतालमा उपचार भएपनि स्वास्थ्यमा कुनै सुधार आएन । अन्ततः उनको निधन भयो । यांग अस्पतालमा भर्न हुनु अघि नै विवाहको लागि गाउन रोजेर किनेकी थिइन्. ।

जु शिनागले यांगको निधन भएको ७ दिपछि गाउन लगाइदिएर विवाहको आयोजना गरे । १६९ फुलको बुकेट पनि सँगै राखिदिए । वैवाहिक कार्यक्रममा जु शिनाग अन्तिम सस्कारमा कोही नरुनु भन्दै थियौ तर म आफैले आँशु रोक्न सकिन भन्दै रुदै बेस्सरी रोए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७