मुख्य समाचार

नेपालमा महिनौँदेखि बन्द आन्तरिक उडान खोल्न ‘पूर्वतयारी सुरु’

नेपालमा महिनौँदेखि बन्द आन्तरिक उडान खोल्न ‘पूर्वतयारी सुरु’

सरकारले सार्वजनिक यातायातका सवारीसाधन चलाउन दिने निर्णय गरेपछि अब आन्तरिक हवाई उडानमा लगाइएको प्रतिबन्ध कहिले अन्त्य होला भन्ने चासो पाइन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार आन्तरिक हवाई उडान खोल्ने तयारी भइरहेको छ।

उनले त्यसबारे जानकारी दिँदै बीबीसीसँग भने, “आन्तरिक उडान खोल्ने पूर्वतयारी सुरु गरेका छौँ, जस्तो विमानस्थलनमा दूरी राख्ने, स्यानिटाइज गर्ने व्यवस्था गरेका छौँ। यात्रु र विमान सेवा कम्पनीले पालना गर्नुपर्ने प्रोटोकल तयार गरेर दिइसकेका छौँ।”

चैत ११ देखि बन्द भएको उडानमा साउन ६ गतेसम्म रोक लगाइएको छ। प्रतिबन्ध थपिने निश्चितजस्तै देखिएको छ।

साउन १७ को तयारी- त्यसैले निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको तर्फबाट अगस्ट १ तारिख अर्थात् साउन १७ गतेबाट उडान खुला गर्न सरकारलाई आग्रह गरिएको बुद्ध एयरका बजार निर्देशक समेत रहेका वायुसेवा सञ्चालक सङ्घका कोषाध्यक्ष रूपेश जोशीले जानकारी दिए।

के असार २१ पछि अन्तर्राष्ट्रिय उडान खुल्छ? अधिकारी भन्छन्, ‘मुस्किल छ’ अन्तर्राष्ट्रिय उडानमा रोक, यी हुन् प्रतिबन्धले नरोक्ने उडान, मन्त्रिपरिषद्को बैठकले रोक लगाएकाले उडान खुला गर्न पनि उसकै निर्णयको खाँचो पर्छ।

त्यसैले मितिबारे अहिल्यै भन्न नसकिने बताउँदै मन्त्री भट्टराईले भने, “आन्तरिक उडान गर्न एक साताको सूचना दिए पनि हुन्छ। तर सुरु गर्ने मितिबारे भन्न सकिने अवस्था छैन। तयारी भने गरिरहेका छौँ।”

उडान सुरु गर्न नागरिक उड्डयन प्राधिकरण पनि तयार छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, “प्राधिकरण करिब तयार छौँ, विमान सेवा कम्पनीहरूको तर्फबाट पनि गर्नुपर्ने काम भइरहेको छ। सरकारको निर्णयको प्रतीक्षामा छौँ।”

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७