विज्ञान प्रविधि

कसले भन्छ पशुको ज्ञान हुँदैन ?

कसले भन्छ पशुको ज्ञान हुँदैन ?

अहिले कोरोना भाइ रसका कारण आधा विश्व लकडाउनमा छ । अब विस्तारै केही देशहरुले लकडाउन खुकुलो बनाउँदैछन् । लकडाउनका कारण जंगली जनवारहरु पनि शहरमा पस्न थालेका छन् । यस्ता भिडियो तस्विरहरु पछिल्लो समय सामाजिक सञ्जालमा खुब भाइरल भइरहेका छन् ।

यस्तै एक दृश्य अमेरिकाबाट आएको छ । यहाँको कोलोराडोमा एक हरिणले गरेको चलाखीलाई लिएर सबै चकित भएका हुन् । उसले गरेको कार्य हेर्दा विश्वमा नै पशुहरुको ज्ञान हुँदैन भन्ने भ्रम तोडिएको छ । लोरी जोन्स एउटा सानो पसलमा काम गर्छन् । उनले उपहारलगायत विभिन्न सामानहरु बेच्ने गर्छन् ।

उनको स्टोर हर्ससेटथ इन र आरभी पार्कमा, फोर्ट कोलिन्स, कोलोराडोको रकिजको फेदमा रहेको प्राकृतिक दृश्यसँग सटिएको छ । त्यहाँ, स्थानीय वन्यजन्तुहरूको सामना गर्नु सामान्य हुन्छ । तर जब एक जना विशेष ग्राहक उनको पसल बाहिर आएर उभिएका थिए उनी छक्क परे । यसलाई थप सही तरिकाले भन्दा पसल बाहिरका ति ग्राहक सरासर भित्र पसे । जोन्स आफ्नो पसलमा काम गर्दै थिए । तब उनको पसल अगाडी एक दुर्लभ हरिण आयो । जोन्स उत्सुकका साथ आश्चर्यचकित हुँदै हरिणलाई हेरिरहेका थिए ।

बाहिर उभिएको हरिण एकछिनपछि पसल भित्र पस्यो । उ भित्र गएर घुमिरहेकी थिई मानौं कि उक्त पसलमा उनी ग्राहकजस्तो गरी आएकी थिइन् । यस्तो लाग्थ्यो कि ति आमा हरिण पसलमा सामानहरु हेर्दै थिइन् । जोन्सले भने, ‘यो देख्दा मलाई खुशी लागेको थियो ।’ हरिणले चश्मा र चिप्स हेर्दै थिइन् । त्यसबेला जोन्स मन खोलेर हाँस्दै थिए ।

यो हरिण जोन्सका लागि अपरिचित थिएन् । उनी त्यस परिवारको एक सदस्यजस्ता थिए । यस पार्कमा वस्नेहरुका लागि यसरी हरिण देखा पर्नु कुनै नयाँ विषय थिएन । तर उनीहरु कहिलेकाँही मैदानको छेउछाउमा चरिरहेका हुन्थे ।

जोन्सका अनुसार त्यसरी हरिणले कुनै पसलहरुमा प्रवेश गरेको थिएनन् । न त उनीहरुले किनमेलमा कुनै चासो देखाउने गरेका नै थिए । त्यो वास्तवमा एक रोचक दृश्य थियो । किनकी त्यो दिन हरिणले उनको पसलमा ग्राहक जस्तै आफुलाई प्रस्तुत गरेको थियो । किनमेलमा चासो देखाएको थियो ।

जोन्सले पसलमा आएको उक्त हरिणले बदाम, बिस्कुटसहित केही खानेकुरा दिएर पठाउन खोजे । पसल सञ्चालक जोन्सले सोचे अब त्यो हरिण आउँदैन् तर उनी गलत थिए । रोचक कुरा के भने अर्काको पसलमा जबरजस्ती घुसेर बदाम, बिस्कुटसहित खानेकुरा खाएको आमा हरिणले पछि आफ्ना सन्तानसहित पुरा परिवार लिएर आधा घण्टा भित्र फेरि उक्त पसलमा आयो ।

जोन्सले फेरि सबैलाई खानेकुरा दिएर फर्काए । यी साहुजीले यो सबै बताएर ती हरिणहरुका तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरे । पोष्ट गरेको केही समयमा नै तस्वीर भाइरल सेयर भइरहेका छन् । अधिकांशले क्याप्सन लेखेका छन् कसले भन्छ पशुमा ज्ञान हुँदैन ? यी हरिण आमाबाट जान्नुहोस् । तपाईलाईपनि यो सत्य घटना रोचक लागेमा सेयर गर्न सक्नुहुनेछ । सबै प्राणिको सम्मान गरौँ । जय सृष्टि !

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७