मनोरञ्जन

२६ वर्षमै अस्ताइन् बलिउड कलाकार दिव्या !

२६ वर्षमै अस्ताइन् बलिउड कलाकार दिव्या !

बलिउडकी कलाकार दिव्या चौस्केको आइतबार निधन भएको छ । दिव्याको कजन भाई अमिस बर्माले फेसबुकमा पोष्ट शेयर गर्दै उनको निधन भएको जानकारी दिएका हुन् ।

उनी लामोसमय देखि बिरामी थिइन् । उनी क्यान्सरसँग लडिरहेको थिइन्, अन्त्यमा उनले क्यान्सरलाई जित्न सकिन्न र संसारबाट नै बिदा भइन् ।

दिव्याले लण्डनमा एक्टिङ क्लास सकेर भारत फर्किएकी थिईन् । उनी मोडलिङमा पनि सक्रिय रहेको बताइएको छ । उनले “अपना दिल तो आवारा” मार्फत फिल्म क्षेत्रमा फड्को मारेको थिइन् ।

उनले इन्टाग्राममा भाबुक पोष्ट गरेको थिइन् । जहाँ उनले मृत्युसँग लड्न नसकेको भाव व्यक्त्त गरेको छिन् ।

त्यस्तै आज मात्रै बलिउडका अर्का एक कलाकारको पनि निधन भएको छ । एश्वर्य रायसँगै “सरबजित” मा काम गरेका कलाकार रन्जन सेहगलको निधन भएको हो ।

उनको किड्नीलगायत शरिरका बिभिन्न अंगहरुले काम गर्न छाडेपछि उनको निधन भएको बताइएको छ । पछिल्लो समय उनी टेलिभिजन कार्यक्रम क्राईम पेट्रोलमा देखिएका थिए ।

उनी थिएटर हुदै टेलिभिजन तथा बलिउडमा प्रवेश गरेका थिए । उनले पंजाब युनिभर्सिटी बाट आफ्नो पढाई पुरा गरेका थिए ।उनले सब्की लाड्ली बेबो, भाग्य एण्ड रिश्ता डटकमलगायतका टेलिफिल्ममा काम गरिसकेका छन् ।

उनले रिश्तो से बढी प्रथा, तुम देना साथ मेरा, गुस्तक दिल, भावर, जाने क्या होगा राम र कुलदिपमा मुख्य भुमिकामा देखिएका थिए । उनले धेरै पंजाबी फिल्महरुमा पनि अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७