समाचार

बलिउडका अर्का अभिनेतालाई पनि कोरोना संक्रमण

बलिउडका अर्का अभिनेतालाई पनि कोरोना संक्रमण

भारतमा पछिल्लो समय कोरोना भा इरसको महामारीका कारण भयावह स्थितिमा रहेको छ । यो समाचार तयार पार्दासम्म ८ लाख ५३ हजार २ सय ११ जनामा कोरोना भाइसको संक्र मण भैसकेको छ भने २२ हजार ७ सय १८ जनाले ज्या न गु माइसकेका छन् ।

केही बलिउड कलाकारहरु पनि कोरोना भाइरसको शिकार भइसकेका छन् । अभिताभ बच्चन, अभिषेक बच्चन, बलिउड अभिनेत्री एवम् अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा कोरोनाभाइरसको सङ्क्र मणको पुष्टि भैसकेको छ ।

अहिले चर्चित भारतीय टेलिसिरियल “कसौटी जिन्दगीका” को अभिनेता पार्थ सम्राटलाई कोरोना संक्र मण पृष्टी भएको छ । उनी सुटिङमा जान थालेको बताइए पनि अन्य खबरहरु भने आएको छैन । उनलाई कोरोना संक्र मण देखिएपछि सुटिङ रोकिएको छ ।

जुन २७ मा उनले कसौटीको सुटिङ शुरु भएको छ भनेर उनले सामाजिक सञ्जाल इष्ट्राग्राममा एक पोष्ट गरेका थिए । यसअघि भारतीय सिरियल इशकबाजकी अभिनेत्री अदिती गुप्ता पनि कोरोना भाइरसबाट संक्र मित भएकी थिइन् । उनले आफु बिरामी परेसँगै कोरोना परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको बताएकी थिइन् ।

त्यस्तै ‘ये रिश्ता क्या कहलाता हे’ जस्ता कार्यक्रममा काम गरिसकेकी टिभी नायिका मोहना कुमारी सिंहमा कोरोनाभाइरस संक्र मण पुष्टि भएको थियो । उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा संक्र मित भएका थिए ।

मोहनाको घरमा काम गर्ने अन्य १७ कर्मचारीमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको थियो । सबै ऋषिकेशको एम्स अस्पतालमा भर्ना थिए । मोहनाले सोसल मिडियामा आफ्नो पीडा बयान गर्दै आएकी थिइन् । अहिले उनको नतिजा नेगेटिभ आएको छ भने उनको भाइ भने कोरोना संक्रमणबाट मुक्त्त हुन सेकेका छैन्न ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७