प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गरेका हुन्।
अमिताभ र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएपछि शनिबार राति मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए। यस्तै आइतबार ऐश्वर्य राय बच्चन र उनकी छोरीलाई पनि कोरोनाभाइरस देखिएको छ।