Uncategorized

ऐश्वर्या र आराध्यालाई कोरोना देखिएपछि अस्पतालमा भर्नाको तयारी

ऐश्वर्या र आराध्यालाई कोरोना देखिएपछि अस्पतालमा भर्नाको तयारी

बलिउड नायिका ऐश्वर्या राया बच्चन र उनकी छोरी आराध्यालाई कोरोना सं क्रमण पुष्टि भएको छ । यसअघि पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

तर, दोश्रो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । हाल होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।

दुवैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नायक अभिषेक बच्चनले यो परिस्थितिमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७