मनोरञ्जन

अमिताभ-रेखाको लभस्टोरीः जसले प्रेम प्राप्ति मात्रै होइन भन्न बाध्य बनाउँछ

अमिताभ-रेखाको लभस्टोरीः जसले प्रेम प्राप्ति मात्रै होइन भन्न बाध्य बनाउँछ

बलिउडमा जब जब माया पिरतीका कथाहरु भनिन्छन् तब यी दुइको नाम सबैको दिमागमा आँउछ । यो नाम हो अमिताभ र रेखा जुन जोड़ी रील लाइफ तथा रीयल दुईवटै मा सुपरहिट रह्यो । भ्यालेन्टाइनस् डे को अवसरमा जान्नुहोस् त्यो बलिउडको लभस्टोरी को बारेमा जस्को सार्बजनिक रुपमै ठुलै चर्चा भएको थियो ।

उनीहरुको माया जुन कहिल्यै मिलन भएन तर यो माया को बारेमा सबै तिर हल्ला थियो । यो यस्तो पिरतीको कथा हो जस्को जादुको बयान बितेका ति पलहरुले पनि गर्न सक्दैनन् । यो नाम हो अमिताभ र रेखा जुन जोड़ी रीयल लाइफ तथा रीयल दुईवटै मा सुपरहिट रह्यो ।

रेखासंग भेट्नु भन्दा अगाडी नै साल १९७३ मा अमिताभको बिहे भैसकेको थियो तर माया बसेपछि यो सबै कहाँ सोचिन्छ र ! दुइजना कै माया पिरती खूब चर्चा मा रह्यो

साल १९७६ मा पहिलो पटक अमिताभ अनि रेखाले फिल्म ‘दो अंजाने’ मा एकै साथ काम गरेका थिए । उनीहरुले ‘कसमें वादे’, ‘मुकद्दर का सिकंदर’, ‘मिस्टर नटवर लाल’ तथा ‘सुहाग’ नामक चलचित्रमा पनि संगै काम गरेका थिए । रेखासंग भेट्नु भन्दा अगाडी नै साल १९७३ मा अमिताभको बिहे भैसकेको थियो तर माया बसेपछि यो सबै कहाँ सोचिन्छ र ! दुइजना कै माया पिरती खूब चर्चा मा रह्यो । २२ जनवरी १९८० मा ऋषि कपूर तथा नीतू सिंहको बिहेमा त रेखा सिउदोमा सिन्दुर लगाएरै पुगेकी थिईन् ।

उक्त सिंदूर कस्को नामको थियो कहिल्यै खुलासा गरिनन् । जुन समय अमिताभ र रेखाको अफेयरको खबरले शिखर चुमेको थियो उक्त समय यी सबै खबर देखि दिक्क भएर जया बच्चनले रेखालाई डिनरको लागि बोलाएकी थिईन् । यो कुरा रेखाले नै आफ्नो एक इंटरव्यू मा बताएकी थिईन् जुन उन्ले फिल्म पत्रिका “स्टारडस्ट”लाई दिएकी थिईन् ।

१९७७ मा फिल्म म्यागजिन स्टारडस्टमा छापिएको लेखको अनुसार रेखा डराएर जया बच्चनको घर डिनरको लागी गएकी थिईन । उनि सोचिरहेकी थिईन् कि जयाले रिसमा उन्लाई गा ली गर्छिन तर यस्तो केहि भएन मात्र जयाले खुब आरामसंग शानदार डिनर गराईन् साथै उन्ले आफ्नो घरको सजावटको कुराकानी समेत गरिन ।

डिनरपछि रेखा त्यहाँ बाट हिडीन् तर हिड्ने बेलामा जयाले उनीसंग भनेकी थिईन् ‘चाहे तिमी जे भन तर म पनि अमितलाई कहिल्यै छोड्ने छैन ।”

यो सबै कुराहरु भयो तर अमिताभ बच्चनको बारेमा कुनै कुराहरु भएनन् । डिनरपछि रेखा त्यहाँ बाट हिडीन् तर हिड्ने बेलामा जयाले उनीसंग भनेकी थिईन् ‘चाहे तिमी जे भन तर म पनि अमितलाई कहिल्यै छोड्ने छैन ।” रेखा भने पुरै दुनियालाई उनीहरुको सम्बन्धको बारेमा भन्न चाहन्थिन तर अमिताभ भने सधै हामी बिच केहि सम्बन्ध छैन भन्थे ।

सन् १९८४ मा फिल्मफेयर म्यागजिनलाई दिएको एक इंटरव्यू मा रेखाले उनीहरुको सम्बन्धको बारेमा खुलेर भनेकी थिईन् । रेखा उक्त सम्बन्धको बारेमा सारा दुनियालाई भन्न चाहन्थिन तर अमिताभ बच्चन भने सधै मौन नै रहे । यसै क्रममा १९८० मा आएको एक खबरले पुरै धमाका गरिदियो ।

निर्माता-निर्देशक यश चोपड़ाले उन्को बन्न लागेको फिल्म ‘सिलसिला’ मा लीड रोल्समा अमिताभ, रेखा साथै जया बच्चनलाई पनि कास्ट गरे । मीडियाहरुमा यो खबर आयो कि उक्त फिल्ममा संगै काम गर्नलाई अमिताभले नै रेखा अनि जयासंग कुरा गरेका थिए । किनभने उनीहरु सबैले संगै काम गरेभने उनीहरु बिचमा भएको खटपटको सबै समाचारहरु ग लत साबित हुन सक्थियो ।

तर यो सबै अमिताभको अड्कल गलत साबित हुन पुग्यो । धेरै वर्षपछि फिल्म ‘सिलसिला’ का डायरेक्टर यश चोपड़ाले यो कुरा भने की अमिताभ तथा रेखाको बीचमा केहि त थियो जस्को मायाको हल्लाहरु मानिसहरु पत्रिकामा त पढ्थे । अझै ‘सिलसिला’ फिल्म हेरेपछि त सबैले पात्रहरुलाई अमिताभ, रेखा साथै जया बच्चनको निजी जीवनसंग जोडे ।

फिल्म ‘सिलसिला’ मा अमिताभ तथा रेखा मिल्दैनन् र रियल लाइफ मा पनि यो फिल्म खेलेपछि उनीहरु कहिल्यै साथ-साथ देखिएनन् । फिल्म ‘कुली’ को शूटिंगमा भएको घटना पछि त पत्रिकाहरुमा खबर छापियो कि रेखा पनि अमिताभको खबर थाहा पाउनको लागि अस्पताल नै पुगेकी थिईन् तर उन्लाई अमिताभसंग मिल्न भने दिईएन । रेखालाई यो घ टना पछी ठुलो धक्का लाग्यो ।

एक म्यागजिनलाई दिएको एक समाचारमा उन्ले भनेकी थिईन् : “आफैँ सोच्नुहोस मैले उहालाई म कस्तो महसुस गरिराको छु बताउनै पाइन् । यो कुरो मैले महसुस गर्न पाईन् कि उहामाथि कस्तो बितिरहेको थियो । बरु मृत्यु सायद अपनाउन सक्थे तर लाचारताको महसुस अपनाउन । सायद मृत्युले यति धेरै पिडा दिदैनथियो होला ।”

यो भनाईबाट नै प्रस्ट हुन्छ कि अलग भैसकेपछि रेखाको दिलमा अमिताभको लागि कतिपनि माया कम भएको थिएन । अमिताभले पनि यो कुरालाई कहिलै साचो भनेनन्। उन्को भनाई अनुसार रेखा मात्र उन्को एक को-स्टार थिईन् यो भन्दा बडी उनीहरु बिचमा केहि थिएन ।

हुनत आज रेखा अनि अमिताभ दुवैजना आ-आफ्नो जिन्दगीमा ब्यस्त छन् जहाँ रेखाले अहिलेसम्म बिहे गरेकी छैनन् । बास्तवमै ! उनीहरुको कहानी अजीब छैन त ? कोहि भन्छन यो प्रेम सम्बन्ध वास्तबमै गहिरो थियो तर कोहि भन्छन यिनीहरुको प्रेम सम्बन्ध नै थिएन । तर यिनीहरुको फ्यानलाई यो प्रश्न जहिल्यै उठ्छ कि यति धेरै माया भएर पनि उनीहरु किन एक हुन सकेनन ?

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७