मनोरञ्जन

दीपाश्रीको पक्षमा फिल्मकर्मीको एउटै बोली- ‘गाली गलौच बन्द गरौं’

दीपाश्रीको पक्षमा फिल्मकर्मीको एउटै बोली- ‘गाली गलौच बन्द गरौं’

अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो । संवैधानिक कानुनमा यसलाई संविधानवादको अनिवार्य सर्तका रुपमा लिइन्छ । यही अधिकार प्रयोग गर्दै अभिनेत्री तथा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले राजेश हमालको ‘महानायक’ पदवीमाथि प्रश्न उठाइन् । तर, उनको यो अभिव्यक्ति हमाललाई ‘महानायक’ को रुपमा स्वीकार गरेका प्रशंसकलाई सह्यै भएन ।

गएको एक हप्तादेखि सामाजिक सञ्जालमा दीपाश्रीमाथि तल्लो स्तरसम्म ओर्लिएर गाली गलौच भइरहेको छ । फिल्मकर्मीहरु पनि राजेश हमाललाई ‘महानायक’ भन्ने वा नभन्ने विषयमा विभाजित भएका छन् । कोही सरकारले नै उनलाई ‘महानायक’ को उपाधि दिनुपर्ने भन्दै मिडियामा कुर्लिरहेका छन् । भने, कोही धेरै फिल्म खेल्दैमा ‘महानायक’ भन्न मिल्ने तर्क पेश गरिरहेका छन् ।

निर्देशक दीपाश्रीले ‘महानायक को हो ?’ भनेर दिएको अभिव्यक्तिलाई दर्शकहरुले दुई/चारवटा फिल्म हिट भएपछि घमण्ड पलाएको भन्दै सामाजिक सञ्जालमा अश्लिल गाली गलौच गरिरहेका छन् । उनले हमालका प्रशंसकहरुसँग माफी मागिसक्दा पनि गालीको वर्षा रोकिएको छैन । उनीमाथि भइरहेको दुर्व्यवहार रोक्न हमाल आफैंले आह्वान गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

‘महानायक’ को विवा दमा दीपाश्रीमाथि सामाजिक सञ्जालमा गाली गलौच नरोकिएपछि फिल्मकर्मीहरुले यस्तो कार्य बन्द गर्न आग्रह गरेका छन् । प्रियंका कार्की, रेखा थापा, केकी अधिकारी, आकाश अधिकारी, प्रदीप कुमार उदय, केदार घिमिरे, सरिता लामिछाने, किरण केसीलगायतले दीपाश्रीको पक्षमा बोल्दै अशिष्टताको प्रदर्शन गर्नु निन्दनीय रहेको बताएका छन् ।

अभिनेत्री प्रियंका थापाले फेसबुकमा स्टाटस लेख्दै दीपाश्रीको विवादमा आफ्नो ध्यान आकर्षण भएको उल्लेख गरेकी छन् । कसैको तर्क, भाव या विचार चित्त नबुझे आवाज उठाउन पाउने अधिकार सबैमा सुरक्षित भए पनि कसैलाई अश्लिल गाली गलौच र चरित्र हत्या गर्न नमिल्ने उनको भनाई छ । गलत बयानका आधारमा कसैको चरित्रमा दाग नलगाउन पनि उनको आग्रह छ ।

कलाकार केदार घिमिरेले आफ्नो गल्तीको माफी मागिसकेको अवस्थामा गाली गलौच गर्नु राम्रो नभएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म पनि महानायक राजेश दादासँग व्यक्तिगत रुपमा माफी माग्दछु । अघिपछि राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठुलै दशा रैछ। गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् ।’

“महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।” हामी कहाँ अहिले सम्म कानूनी राज्य कायम छ, राज्य संरचनाहरुले काम गरि रहेका छन । त्यसैले कानूनी राज्य भन्दा बाहिर छौं जस्तो गरी शब्दहरुको प्रयोग गर्नेहरुले सोच्नु आवश्यक छ । यो घ टनाले हाम्रो समाज कता जाँदैछ? भनेर हामीलाई एक पल्ट फर्किएर हेर्न बाध्य गराएको छ । अभिब्यक्ति स्वतन्त्रता अन्तर्गत स्वस्थ आलोचना गर्न पाइन्छ तर आपत्तिजनक अपशब्द बोल्न, लेख्न पाइदैन ।

अभिनेत्री रेखा थापाले कानुनी राज्य नभएको जस्तो गरेर असभ्य शब्दहरु प्रयोग गर्नेले एकपटक सोच्नुपर्ने बताएकी छन् । अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत स्वस्थ आलोचना गर्न पाइने तर आपत्तिजनक शब्द बोल्न र लेख्न नपाइने उनको भनाई छ । निर्माता प्रदीप कुमार उदयले भने दीपाश्रीमाथि भएको अश्लिल टिप्पणीप्रति फिल्मकर्मीहरूको ध्यान जान जरुरी रहेको बताएका छन् ।

सम्पुर्ण FACE BOOKकाे साथी हरू, पुजनिय दर्सक हरू, र मायालु स्राेताहरू लाई नमस्कार # मेराे एउटा सानाे अनुराेध , हामी कलाकार हरू दर्सक हरूकाे मायॉ काे भाेका हुन्छाै,याहॉहरूकाे मायॉ बीना, याे क्षेत्र अगाडी बढन सक्दैन,स्वतन्त्र अभिब्यक्ती,र आलाेचन काे अधीकार सबैलाई बराबरी हुन्छ,अहीले चरमचुलीमा पुगेकाे बिबाद लाई सच्याएर महान उपाधीकाे गुणमा र्हास आउन नदिउ # हाम्री दिपा बैनीकाे याे क्षेत्रमा धेरै ठुलाे याेग्दानछ,दिपा बहीनिले सरी पनी भनिसकेकी छिन, असभ्य गाली गलाैजले ,एउटा सर्जक काे मानसिक्तामा नकारात्कम असर पर्न सक्छ, त्यसकारण संकटमा एकले अर्कालाई सहयाेग गर्ने हामी नेपाली काे बानी लाई,अझ उदाहरणीय बनाउन म हार्दीक अपील गर्दछु # दिपा फिलीम उधाेग काे हुनूहार कलाकार, प्राेडुसर, निर्देशक र नेपाली नागरीक हुन, यस्ता ब्यक्ती लाई हामी सबैले मायॉ गर्नु पर्छ, यस्तै बेलाहाे साथी हरूकाे खाचाे,हामी सबै सब्भ्य बनाै”र अन्तमा महा नायक “राजेस हमाल “नै हुन !!! जय दर्सक, जय सनेमा !!

कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघले कलाकार तथा निर्देशक दीपाश्रीमाथि सामाजिक सञ्जालमा भइरहेको तल्लो स्तरको गाली गलौच र अश्लिल टिप्पणीप्रति निन्दा गरेको छ । संघले शनिवार विज्ञप्ती जारी गर्दै राम्रा र सभ्य भाषामा आलोचना गर्न आग्रह गरेको छ । संघले तत्काल उब्जिएका विवाद र समस्यालाई बिर्सिएर विवादको जड अन्त्य गर्न पनि अपिल गरेको छ ।

संक्षिप्तमा मैले सुनेको र २६ वर्षबाट देखेको हाम्रो प्यारो चलचित्र उधोग । हिजोलाई सम्मान आजलाई साथ अनि प्रोत्साहन ।
महानायक राजेश हमालज्यूलाई मेरो पूर्ण सम्मान छ र कलाकार/ निर्देशक दीपाश्री निरौला बहिनिले यस उधोगलाई दियको योगदान र उनले बगायको पसिनाको कदर हामीले गर्नै पर्छ ।

म, ईतिहासबिद हैन, पछाडि फर्केर हेर्दा । चलचित्र….
“सत्य हरिसचन्द्र” (डि. बि. पारीयर) “आमा” हिरासिंह खत्री, “माइतीघर” बि. एस. थापा । भुवन्चन्द दिदी, शिव शंखर मानन्धर सर, चैत्यं देबी दिदी, बैकुण्ठमान मास्के सर, नीर शाह सर, यादव खरेल सर, अंबर गुरुङ सर, भक्तराज आचार्य सर, नारायण गोपाल सर, चेतन कार्की सर, बसुन्धारा दिदी, लक्ष्मीनाथ शर्मा सर, हरिहर शर्मा सर, टीका पहाडी सर, मदन कृष्ण श्रेष्ठ दाई, हरिवंश आचार्य दाई, प्रकाश थापा सर, तुलसी घिमिरे सर,शम्भु प्रधान सर, शिव श्रेष्ठ सर, भूवन के. सि. सर, अर्जुन जंग शाही सर,

साथै सुनिल थापा सर, रंजीत गजमेर सर, बशन्तजंग रायमाझी सर, बशन्त श्रेष्ठ सर, शंभुजीत बस्कोटा सर, शक्ति वल्लव सर, पुरण जोशी सर, कृष्ण मल्ल सर, मिथिला शर्मा दिदी, राजेश हमाल सर, शर्मिला मल्ल जी, सरोज खनाल जी, युवराज लामा दाई, गौरी मल्ल जी, रविन्द्र खड्का जी, कारीश्मा जी, राजेन्द्र खड्गी जी, अर्जुन श्रेष्ठ जी, तृप्‍ति जी, मौशमी मल्ल जी, लगायत धेरै भन्दा धेरै, अनि तिनै महान हस्तिहरु बाट रचियो नेपाली चलचित्रको ईतिहास र यिनै र अरु अनेक यस क्षेत्रका हस्ति हरुले डोर्‍याउँदै यहाँ सम्म पुर्‍याउने ति सम्पूर्णलाई नमन

समय! काल-खण्ड नै सबै भन्दा बलवान हुन्छ, समयले नै सताब्धि पुरुष, युगपुरुष, यूगमाता, स्वोर सम्राट, लोकप्रिय नायक, सदाबहार नायक अनि महानायक जन्माउँद छ र परिभाशित पनि गर्द छ । आ-आफ्नो, कार्य क्षेत्रको दक्षता, अब्बल्ताबाट प्राप्त आदर्णीय दर्शकको मायाँ अनि त्यसैबाट प्राप्त हुन्छ नाम-उपाधी जस्तै: Action king लोकप्रिय नायक शिव श्रेष्ठ, सदबहार नायक भूवन के. सि., महानायक राजेश हमाल, evergreen Beautiful कारीश्मा मानन्धर, पारिवारिक लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठ यस्तै अन्य धेरै निर्देशक, नायक, नायिका, प्राविधिक ब्यतित्वले पाय अनेकौं उपाधी, मान, सम्मान ।

महानायक राजेश हमाल जी सँग एक चलचित्र “पंछी”मा निर्देशन र screen share गर्ने अवसर पायको छु भने अर्को चलचित्रमा निर्देशनको मात्र अवसर प्राप्त भयको छ, हामी एकै ठाउँका पनि हौं । उनि, मन मिल्ने साथीसँग धेरै मनका कुरा पनि share गर्छन्, चलचित्र उकाली-ओरालीको शूटिँगमा मेरै गाडीमा काठमाण्डौ देखी दोलालघाट सम्म पुग्दा भावुक हुँदै धेरै मनका कुरा share पनि गरे, निर्देशक, प्राविधिक वा कलाकार कसैलाई पनि र कसैको काममा पनि कुनै interfere न गर्ने, आफ्नो काममा मात्र ध्यान दीने तेसैलेत महानायक छन् ।

अस्ति, हिजो अनि आज । आज, अब यस उधोगलाई अघिबढाउँदै लान र समय संगै परिवर्तन गर्न भोली आउने पिडीलाई स्वागत गर्ने जिम्मा समेत हाम्रो काधमा छ र यहिनै हो हाम्रो सुन्दर फूलबारी । अहिलेका स्रस्ठा, सर्जक, कलाकार, गीत-सङीत कोही-कहीं, कतै कमी छैनौं, उत्तिकै मेहनेति पनि छौं, त्यसैले त बने र सफन पनि भय धेरै चलचित्र लुट, कोहिनूर, छक्का-पन्जा, प्रेमगीत, नाइ न भन्नु ल, कृ, म यस्तो गीत गाउँछु, पशुपति प्रसाद, कबड्दी, प्रशाद, एेस्वोर्य, कान्छी, जात्रा, आमा, सेन्टी भाईरस जस्ता अनेकौं सफल चलचित्रहरु ।

म, मुम्बईबाट चलचित्र सम्वन्धी अध्ययन गरेर नेपाल फर्कंना साथ एक टि. भि. सिरिय निर्माण/ निर्देशन गरेको थियें र सोही सिरियल लियर नेपाल टेलिभिजन जाँदा पहिलो पटक कलाकार दीपकराज गीरी जी सँग भेट भयो, परिचयमा मैले म निर्देशक आकाश हुँ भने र उनले नरम स्वोरमा भने म कलाकार दीपक हुँ “ट्वाक टुक्क” मा खेलेको छु, म अति impress पनि भयें । तेसपछी लामो समय हाम्रो भेट भयन ।

अनि आउन थाल्यो तपाईं हामी सबैले मन परायको लोकप्रिय TV सिरियल “तितो सत्य” वहाँहरु को Teamwork, मेहनतलाई लाखौं दर्शकले मन पराउनु भयो, मायाँ दिनु भयो अनि जन्मियो दीपक-दीपाको जोडी, त्यस पछि लगातार सफल भय छक्का-पन्जा सिरिज । ग्राँसलेबलबाट उठेर यो स्थान सम्म आउंदाको यात्रा यति सजिलो पक्कै थियन होला, सबैलाई मान- सम्मान दींदै, सबैको मन जीत्दै आयको देखिन्छ ।

यस चलचित्र क्षेत्रको कुनैपनि गाह्रो-अप्ठेरो पर्दा वा कुनैपनि सामाजिक कार्यमा दीपा बहिनीलाई तेतिनै सक्रिय देखेको छु, उनि अतिनै शितल पनि छन् । उनको अन्तर्वातामा महानायक राजेश हमाल ज्यु लाई होच्यायर बोलेको भन्ने सोसल मेडियमा पढ्नमा आयो, तेसो दीपाले कदापी गर्न सक्दिनन् र मिल्दैन पनि, तेसो न भयर महानायकको बारेमा उत्तर दींदा शब्द चयन र प्रस्तुतिमा केही त्रुटी भयको हो जस्तो लाग्छ मलाई। फेरि एक शब्दको अनेक अर्थ लाग्न सक्छ, त्यसैले हामी एक परिवार हौं त्रुटि भयको खण्डमा भुल चुक सुदार्दै, सरी भन्दै अघिबढ्ने छौं, यस चलचित्र उधोगको गरिमा बचाइराख्न सकारात्मक सोची दीनहुन आदर्णीय दर्शक महानुभावहरु मा अनुरोध पनि गर्दछु ।

हामी चलचित्रकर्मीले पनि यो भुल्नु हुँदैन, हामी निर्देशक, कलाकार जे जती पनि सेलीब्रेटी बनेउँ र छौं सबै दर्शकको मायाँ हो ।
निर्देशक, कलाकार बहिनी-चेली दीपाश्री निरौलालाई बिभिन्न सोसल मेडियामा सम्प्रेसित बिभिन्न किसिमका गाली गलौचले गर्दा उनको निर्देशकिय क्षमता, सिर्जनामा असर पर्न सक्छ त्यसैले उनलाई तपाईंहरुको साथ, सहयोग अनि मायाँको खाँचो छ ।
कोभिड-१९ को प्रकोपले अति मारमा परेको चलचित्र क्षेत्रलाई चलयमान बनाउन अहोरात खट्नु पर्ने बेला आयको छ र त्यसका लागि फ्रेस माइन्ड पनि चाहिने हुँदा पुनह सम्यामता, धैरेता अप्नाउँदै अघि बढौं । चलचित्र क्षेत्रप्रति इमान्दार, समर्पित छौं र सधैं रहने छौं । हाम्रो मन भित्र नेपाली चलचित्र

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७