मनोरञ्जन

कैटरीनाका अभिनेतासँगका ५ चर्चित ‘अफेयर्स’

कैटरीनाका अभिनेतासँगका ५ चर्चित ‘अफेयर्स’

बलिउड अभिनेत्री कैटरिना कैफ सुन्दर अभिनेत्रीहरुमध्येमा पर्छिन् । उनले बलिउडमा अभिनय, उपस्थिती र सरलताका कारण सबैको मन जितेकी छन् । उनी यतिमात्र होइन बलिउड अभिनेताहरुसँग अफेयरका कारण पनि निकै चर्चामा आउने गर्छिन् ।

यसैबीच, उनीसँग अफेयरमा रहेको चर्चा चलेका केही अभिनेताहरुको बारेमा बयान गर्दैछौँ । उनी निकै चर्चित नायका हुन् । उनले ५ चर्चित ‘अफेयर्स’ गरेकाे बारेमा बुझ्नुहाेस् ।

सिद्धार्थ मल्होत्रा– कैटरीनाले रणबीरसँग अलग भएपछि सिद्धार्थसँग सम्बन्ध बढाएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । दुवैले फिल्म ‘बार–बार देखो’ मा एकसाथ काम गरेका थिए । तर, कैटरीनाले भने सिद्धार्थसँग कुनै पनि सम्बन्ध नरहेको उल्लेख गरेकी थिइन् ।

सलमान खान– कैटरीना कैफ र सलमान खानको अफेयरले निकै चर्चा पायो । दुवै नजिकिएका भारतीय सञ्चार माध्यमले बताएका थिए । यी दुई बिहे गर्ने योजनामा रहेको समेत बताइएको थियो तर दुवैले एक अर्कासँगको सम्बन्धको बारेमा कहिल्यै खुलाएनन् ।

अक्षय कुमार– बलिउड खेलाडी अक्षय कुमारको नाम अहिलेसम्म थुप्रै अभिनेत्रीहरुसँग जोडिइसकेको छ । जसमध्ये कैटरीना कैफ पनि एक हुन् । यी दुवैले केही हिट फिल्म पनि दिएका छन् । विवाहित अक्षयसँग कैटरीनाको प्रेमको चर्चा चलेको थियो तर लामो समय यी दुईको सम्बन्ध टिक्न सकेन ।

रणबीर कपूर– कैटरीनाको प्रेम सम्बन्ध रणबीर कपूरसँग निकै राम्रो थियो । फिल्म ‘राजनीति’ मा भेटिएका यी दुई एकसाथ एउटै घरमा बस्न पनि थालेका थिए । निकै नजिक भएर पनि यी दुईको सम्बन्ध लामो समय टिकेन ।

विक्की कौशल– सन् २०१९ देखि कैटरीनाको नाम फेरि विक्की कौशलसँग जोडिएको छ । कोरोना भाइरसको महामारीअघि यी दुई एकसाथ पार्टी तथा डिनर कार्यक्रममा निकै भेटिन थालेका थिए । तर, दुवैले सम्बन्धको बारेमा भने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७