बलिउड महानायक अमिताभ बच्चन तथा उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएसँगै अर्का भारतीय कलाकार अभिनेता अनुपम खेरकी आमा र भाइसमेत परिवारका ४ जनामा कोरोना संक्र मण देखिएको छ ।
अभिनेता खेरले विहान ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । उनले आफ्नाी आमा दुलारी कोभिड १९ संक्र मित भएको बताएका छन् । आमालाई हल्का लक्षण देखिएको र उनलाई कोकिलाबेन अस्पतालमा भर्ना गराइएको छ ।
साथै उनका भाइ, भाउजु र भतिजीमा पनि कोरोना पोजेटि देखिएको उनले बताएका छन् । आफूले पनि कोरोना परीक्षण गराएको भएपनि रिपोर्ट नेगेटिभ आएको उनले बताएका छन् ।