समाचार

ऋतिक रोशन जसकाे विवाहमा भन्दा सम्बन्ध विच्छेदमा बढी खर्च भयाे

ऋतिक रोशन जसकाे विवाहमा भन्दा सम्बन्ध विच्छेदमा बढी खर्च भयाे

बलिउड चर्चित नायक रितिक राेशन हुन् । उनले दर्शकबाट निकै माया पाएका छन् । त्यस्तै सदावहार चर्चामा रहने पेशा हो कलाकारिता । अभिनय यात्रामा रम्ने सेलेब्रिटीहरू सधैँ चर्चामै रहन्छन् । उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे । कारण, विवाहभन्दा सम्बन्धविच्छेदमा उनीहरूको खर्च बढी भयो ।

भारतीय तीन अर्बपति सेलेब्रिटी जसको विवाहमा भन्दा विच्छेदमा बढी खर्च गरे बलिउड चर्चित नायक ऋतिक रोशनले । ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरे । बैंग्लोरको गोल्डन पान रिसोर्टमा करोडौँ रुपैयाँ खर्च गरेर विवाह गरे ।

त्यतिवेला यो निकै चर्चाको विषय बनेको थियो । तर, १४ वर्षपछि २०१४ मा उनको सुजैनसँग सम्बन्धविच्छेद हुँदा विवाहको भन्दा निकै बढी खर्च भयो । सुजैनले उनीसँग सम्बन्ध टुंग्याएबापत ४ सय करोड भारतीय रुपैयाँ मागेकी थिइन् ।

तर, उनले तीन सय ८० करोड रुपैयाँ दिएका थिए । ऋतिक व्यवसायी पनि हुन् । प्रोडक्सन हाउस र रेडिमेड गार्मेन्ट ब्रान्ड एचआरएक्सका मालिक हुन्, उनी । व्यावसायिक घरानाका उनी पैसा बढी फुर्मास गर्ने सेलेब्रिटीमा पर्छन् । उनले फेरी क्रिस ४ प्रदर्सनमा अाउने बताएका छन् तर त्यस फिल्म अहिले सम्मकाे भन्दा निकै ठ्लाे पारिशिमिकमा अाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७