मनोरञ्जन

बलिउड अभिनेता अमिताभ र छोरा अभिषेक कोरोना पुष्टी, अस्पताल भर्ना

बलिउड अभिनेता अमिताभ र छोरा अभिषेक कोरोना पुष्टी, अस्पताल भर्ना

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ। बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।

अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्वीटमार्फत् दिएका छन्। उनले भनेका छन्, ‘मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।’

‘कोरोना पोजेटिभ भएर बच्चन राती १० बजे अस्पताल भर्ना भएका हुन्। उनको अवस्था सामान्य छ। उनको विस्तृत स्वास्थ्य अवस्था पत्ता लगाउन आवश्यक परीक्षण जारी छन्,’ भारतीय समाचार माध्यम द हिन्दूसँग कुराकानी गर्दै ती डाक्टरले भनेका छन्।

उनका छोरा अभिषेक बच्चनलाइ पनि कोरोना पोजेटिभ भएको बताइएको छ। सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।’ ७७ वर्षीय अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएको खबर सामाजिक संजालामा छाइरहेको छ ।

बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद।’

बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७