पूर्व अधिराजकुमारी पूर्णिका शाहले आफ्नो प्रेमी भएको भनी चलेको हल्लाको खण्डन गरेकी छिन् । उनले सामाजिक सञ्जाल टिकटकमार्फत् एक भिडियो सन्देश छाड्दै हल्लाको खण्डन गरेकी हुन् ।
उनले भनेकी छन्- ‘मेरो बारेमा केही कुरा छपिएको भन्ने सुने, त्यो कुरामा कुनै सत्यता छैन, ‘तपाईंहरुलाई नपत्याइदिनहुन अनुरोध गर्दछु ।’ यसअघि पूर्णिकाको आफूभन्दा दश वर्ष जेठो प्रेमी भएको र हिमानीले समेत समर्थन गरेको भन्दै खबरहरु आएको थियो ।
खबरमा माथवरसिंह थापाको सन्तान सुशीलबरसिंह थापाका छोरा धर्म थापासँग सम्बन्ध भएको खबर बाहिर आएको थियो । उक्त समाचारको पूर्णिकाले खण्डन गरेकी हुन् । पूर्णिका पछिल्लो समय सामाजिक सञ्जालमा छाइरहन्छिन् ।