मनोरञ्जन

‘मान्छेको मनोविज्ञानमा असर गर्नेगरि बिरोध गर्न कसैलाई छुट छैन’ -पुजा शर्मा

‘मान्छेको मनोविज्ञानमा असर गर्नेगरि बिरोध गर्न कसैलाई छुट छैन’ -पुजा शर्मा

दिपाश्री निरौलाले एक अन्तरबार्तामा दिएको महानायक अभिव्यक्ति विवाद यतिबेला चरम उत्कर्समा पुगेको छ । यहाँ सम्मकी सामाजिक संजालमा दिपाश्रीलाई अश्लील तथा तल्लो स्तरमा गा ली ग लौज गर्नेहरुको लहर चलेको छ । यता दिपाश्री निरौलाई डिप्रेस नको सिकार भैसकेको निर्माता अशोक शर्माको एक स्ट्याटसले बताउछ ।

चर्को बि रोध भएपछि कलाकारहरू बिरो ध गर्नेहरुकै समर्थन गर्दै दिपालाई सकारात्मक ढङ्गले सुझाव दिन आग्रह गर्न थालेका छन् । आज सनिवार केकि अधिकारी, प्रीयंका कार्कीले बिरोध गर्नेको समर्थन गर्दै दिपालाई सकारात्मक ढङ्गले सम्झाउन अनुरोध गरेका छन् ।

उनले ‘समर्थन र बिरोध भनेको जिवनमा एक हिसाबले चाहिने कुरा नै हो’ तर मान्छेको मनोबिज्ञानमै असर गर्ने तवरले यसरी बिरोध गर्न कसैलाई छुट नभएको लेखेकी छन् । नेपालमा कोरोना महामारी सुरु भएसंगै सुरु भएको लकडाउनले सिनेमा नगरिमा धेरै उथलपुथल ल्यायो ।

फिल्म छायांकन हुन पाएन, रिलिज हुन पाएन, प्रोमोसन गर्न पाएन, यी र यस्ता कुरा त छदै छ तर नकारात्मकताको चर्चाले सिने नगरीको बाट कता ? भन्ने प्रश्न पनि खडा भएको छ । यो लकडाउनको अबधिमा धेरै झन्डै आधा दर्जन कलाकारहरू विवादको भुमरिमा फ से ।

हेर्नुस् उनको स्ट्याटस जस्ताको त्यस्तै:

सम्भवत यो छोटो अबधीमा यति धेरै कलाकारहरु एकसाथ विवा दमा आएको नेपाली सिने उधोगमा पहिलो पटक हुनसक्छ । केही विवादहरु बिस्तारै सेलाउदै गएपनी दिपाश्री निरौलाको विवाद भने सेलाउने छाटकाट देखिएको छैन ।

सेलेब्रेटिकै एक पछि अर्को स्ट्याटसका कारण पनि उनी माथी नकारात्मक प्रतिक्रिया जनाउनेहरुको जमात झनै बढेर गएको सामाजिक संजालमा देख्न सकिन्छ । दिपाको समर्थनमा स्ट्याटस लेख्यो भने त लेख्ने ब्यक्तीकै बि रोध हुन थाल्छ । यता बिरोध गर्नेकै सपोर्ट गर्दै कुनै कलाकारले दिपालाई सम्झाउदै स्ट्याटस लेख्यो भने पनि बि रोध गर्नेको क्रम रोकिदैन ।

महानायक विवा दमा फ सेकी दिपालाई यतिबेला सबैको साथ र समर्थनको आवस्यकता चाहिएको छ । गल्ती महसुस गर्दै माफी मागीसक्दा पनि यति धेरै तल्लो स्तरको गाली, बि रोध र आलोचना गरिनु अमानवीय हो ।

तर पुजाले फेसबुकमा पाेस्ट गरेकाे केहि समयमै हटाइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७