मुख्य समाचार

बिल गेट्सको आग्रह- कोरोनाको खोप धनी देशमा हैन, आवस्यक ठाउँमा पठाऊ

बिल गेट्सको आग्रह- कोरोनाको खोप धनी देशमा हैन, आवस्यक ठाउँमा पठाऊ

विलियम हेनरी “बिल” गेट्स तृतिय (जन्म २८ अक्टुबर १९५५) एक अमेरिकी ब्यापारी, आविष्कारक तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक अध्यक्ष हुन । उनी विश्वकै दोस्रो धनी व्यक्ति हुन्। उनले ३० वर्षको उमेरमा लखपति बन्ने सपना देखेका थिए तर ३१ वर्षको उमेरमा नै उनी करोडपति बन्न सफल भए।

उहाँ विलियम एच गेट्स सिनियर र मैरी मैक्सवेल गेट्सका छोरा हुन्। उनको पिता एक प्रमुख वकील थिए, र उनको आमाले पहिलो इन्टर्स्टेट ब्यानसिस्टम र युनाइटेड वे को बोर्ड मा सेवा गरे। अर्बपती व्यवसायी तथा समाजसेवी बिल गेट्सले कोभिड १९ को खोप अत्यावस्यक भएका देश र नागरिकलाई पहिले उपलब्ध गराउन आग्रह गरेका छन् ।

‘यदी हामीले औषधि र खोप कोरोना प्रभावित देश र जनताको सट्टा धेरै पैसा तिर्नेलाई दियौँ भने, यो अन्याय हुनेछ,

खोपका लागि धेरै रकम तिर्नेहरुका लागि नभएर पहिले खोपको आवस्यकता धेरै भएका देश र नागरिकलाई वितरण गर्नुपर्ने उनले बताएका हुन् । ‘यदी हामीले औषधि र खोप कोरोना प्रभावित देश र जनताको सट्टा धेरै पैसा तिर्नेलाई दियौँ भने, यो अन्याय हुनेछ,’ बिल गेट्सले भनेका छन् ।

‘समानताको आधारमा वितरण गर्नसक्ने कडा निर्णय गर्नसक्ने नेताहरु हामीलाई चाहिएको छ । न कि, बजार सञ्चालित क्षेत्रमा मात्र,’

माइक्रोसफ्टका संस्थापक गेट्सले अन्तर्राष्ट्रिय सहायता समाजबाट आयोजित भिडिओ सन्देश मार्फत शनिबार यस्तो सुझाव दिएका हुन् । ‘समानताको आधारमा वितरण गर्नसक्ने कडा निर्णय गर्नसक्ने नेताहरु हामीलाई चाहिएको छ । न कि, बजार सञ्चालित क्षेत्रमा मात्र,’ गेट्सले भनेका थिए ।

कोभिड १९ को उपचारका लागि अमेरिका र युरोपमा सयौँ खोप कार्यक्रम सञ्चालनमा छन् । जसको अनुसन्धान, निर्माण र परीक्षणका लागि अर्बौँ डलर लगानी समेत भएको छ । तर खोप विकास भइसकेपछि धनी देशहरुमा पहिले वितरण हुनसक्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७