मनोरञ्जन

बाहुबली सुपरस्टार प्रभासको नयाँ फिल्म ‘राधे श्याम’को फर्स्ट लूक सार्वजनिक

बाहुबली सुपरस्टार प्रभासको नयाँ फिल्म ‘राधे श्याम’को फर्स्ट लूक सार्वजनिक

भारतीय चर्चित फिल्म बाहुबली सुपर स्टार प्रभासको आगामी फिल्म ‘राधे श्याम’ को फर्स्ट लूक सार्वजनिक भएको छ । फस्ट लूकमा उनलाई अभिनेत्री पूजा हेग्डेसँग देख्न सकिन्छ । फिल्म ‘राधे श्याम’लाई लामो समयदेखि प्रभासका फ्यानहरुले प्रतीक्षा गरिरहेका छन् ।

यो फिल्म हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज हुनेछ

पोस्टरमा प्रभास र पूजालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । भारतीय समाचारहरुका अनुसार यो फिल्म हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज हुनेछ । फिल्मलाई भुषण कुमार, भाम्सी र प्रमोदले निर्माण गरेका हुन् । यस फिल्म आउँदो वर्ष रिलिज हुने बताइएको छ ।

‘बाहुबली’ का दुई फिल्मपछि भारतीय फिल्म उद्योमा प्रभासको माग बढेको छ भने उनका फिल्मपनि प्रतीक्षित बने

फिल्म ‘बाहुबली’ का दुई फिल्मपछि भारतीय फिल्म उद्योमा प्रभासको माग बढेको छ भने उनका फिल्मपनि प्रतीक्षित बनेका छन् । बाहुबली पछि उनको पछिल्लो फिल्म साहो रिलिज भएको थियो । उक्त फिल्म बाहुबली जस्तो नभएको प्रतिक्रियाहरु सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७