स्वास्थ्य

स्लिम बन्न यस्तो उपाय !

स्लिम बन्न यस्तो उपाय !

मोटो जीउ, पुट्ट निस्किएको पेट भन्दा पातलो र मिलेको शरीर भएको व्यक्तिको व्यक्तित्व राम्रो हुन्छ । अत्याधिक पातलो हुँदा पनि त्यति राम्रो देखिँदैन तर तपाईको उचाइ अनुसारको तपाईको तौल स्वास्थ्यका हिसामा पनि उपयुक्त मानिन्छ । शरीरलाई फिट राख्न दैनिक रुपमा व्यायाम, कसरत, योगा आदी गर्ने गरिन्छ ।

युवाको तुलनामा ‘स्लीम’ वा जीरो फिगर बनाउने चाहना र प्रयत्न युवतीहरुमा धेरै रहेको हुन्छ । फेसन र जीवनशैलीमा लगातार आइरहेको परिवर्तनसँगै स्लिम बन्न चाहनेको संख्या पनि बढिरहेको छ ।

काम गर्न छिटोछरितो हुने, लुगा लगाउँदा राम्रो देखिने लगायत कारणले भर्खरका युवती मात्रै नभएर उमेर पुगिसकेका महिला पनि शरीर स्लिम पार्ने प्रयासमा लागिरहेका हुन्छन् । त्यसैले आज हामी स्लीम बन्न के गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा यहाँ केही उपायहरु सुझाउँदै छौं ।

स्लिम बन्ने निहुँमा अधिकांशले डाइटिङको बाटो अपनाउने गरेको पाइन्छ तर, शारी रिक वृद्धि विकास हुने उमेरमा डाइटिङ गर्दा शरीरलाई आवश्यक वस्तु आपूर्ति नहुन सक्छ । यसले स्वास्थ्य समस्या निम्त्याउने सम्भावना उच्च रहन्छ । स्वस्थ जीवनशैली अपनाएर तौल नियन्त्रण गरी स्लिम बन्न सकिन्छ ।

बिहानको समयमा आफ्नो शरीरलाई आवश्यक तत्व पुग्ने गरी खाना खानुपर्छ । सागसब्जी, सलाद, माछा, मासु, दूधजन्य परिकार खान सकिन्छ । एकैचोटि धेरै खाना खानुहुँदैन । दिनमा कम्तीमा ४ चोटि थोरै–थोरै खानेकुरा खाइराख्नुपर्छ त्यस्तै, खाजामा गेडागुडी, फलफूल, तरकारी, फाइबर पाइने खानेकुरा र जुस खान सकिन्छ ।

बेलुकाको खाना सकेसम्म कम र छिटो खानुपर्छ । खाना खानेबित्तिकै सुत्नुहुँदैन । बिहान उज्यालो हुनुभन्दा एक घन्टाअघि उठ्दा स्वस्थ रहन धेरै फाइदा पुग्छ । बिहानको समय हलुका व्यायाम गर्नु उत्तम हुन्छ । लामो समयसम्म एकै ठाउँमा बस्नुहुँदैन । स–साना काम गरिराख्नुपर्छ । जसले शरीरलाई स्फूर्त बनाउन मद्दत गर्छ ।

फास्टफुड, अत्यधिक चिल्लो, गुलियो, फ्याटी खानेकुरा खानुहुँदैन । तौल घटाउने बहानामा जुन पायो त्यही व्यायाम गर्नुहुँदैन । यसले शरीरलाई बेफाइदा गरिरहेको हुन्छ । तौल घटाउने व्यायाम गर्दा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७