समाचार

भारतीय च्यानल बन्दपछि आफ्नै देशविरुद्ध अनापसनाप बोलेपछि…

भारतीय च्यानल बन्दपछि आफ्नै देशविरुद्ध अनापसनाप बोलेपछि…

भरतपुर अस्पतालमा कार्यरत एक चिकित्सकले नेपालमा भारतीय च्यानल बन्द भएको बिषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ । अस्पतालको मेडिसिन विभागमा कार्यरत डाक्टर ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए ।

उक्त भिडियोमा डा. तिवारीले अ श्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा भारतले सीमा बन्द गरिदिए ‘….खान्छौ नेपाली ? तिमीहरुलाई चीनले ‘दिन्छ की, जापानले दिन्छ ? भन्दै अ श्लील शब्द प्रयोग गरे

उनको अभिव्यक्तिबारे प्रहरीले छानविन थालेको छ । सार्वजनिक उक्त भिडियोमा डा. तिवारीले अ श्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा भारतले सीमा बन्द गरिदिए ‘….खान्छौ नेपाली ? तिमीहरुलाई चीनले ‘दिन्छ की, जापानले दिन्छ ? भन्दै अ श्लील शब्द प्रयोग गरेको पाईएको छ । सरकारी अस्प्तालको चिकित्सकले यसरी दिएको अभिव्यक्ति दिएको बारे सोधपुछका लागि चितवन प्रहरीले उनलाई कार्यालय बोलाएको छ ।

उनको अभिव्यक्तिमाथि साइबर क्राइमको मु द्दा पनि चल्न सक्ने वा नसक्ने भन्ने बिषयमा केहि भन्न नसकिने प्रहरीको भनाइ

जिल्ला प्रहरी कार्यलय चितवनका अनुससार अहिले डा। तिवारी माथि सोधपुछका काम भईरहेको छ । ५३ सेकेण्डको उक्त भिडियो क्लिप म्यासेनजरबाट बाहिर गएको जस्तो देखिने प्रहरीको भनाइ छ । उनको अभिव्यक्तिमाथि साइबर क्राइमको मु द्दा पनि चल्न सक्ने वा नसक्ने भन्ने बिषयमा केहि भन्न नसकिने प्रहरीको भनाइ छ। डा.तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर अस्पतालमा नियुक्त भएका थिए ।

भरतपुर अस्पतालका बरिष्ठ चिकित्सकहरुले पनि उनको यो हर्कत चिकित्साजगतको मर्यादा र देशप्रेम भन्दा फरक भएकाले कारवाही गरिनु पर्ने मनशाय व्यक्त गरेका छन् । यसैबीच उनले आफ्नो फेसबुकमा एक स्ट्याट्स पोष्ट गर्दै आफुले राखेको भिडियोप्रति माफी मागेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७