मनोरञ्जन

२ करोड मानिसले हेरेको नेपाली किशोरको म्युजीक भिडियो (भिडियोसहित)

२ करोड मानिसले हेरेको नेपाली किशोरको म्युजीक भिडियो (भिडियोसहित)

कतिपय युवायुवतीहरु बाह्र कक्षामा पढेसि  परिक्षा नै दिनु नपरे हुन्छ भन्ने कल्पना गरी विन्दास जिवन बिताउन मनपराउँछन् होलान् तर १२ कक्षाको परिक्षाकै तयारीमा रहेका किशोर निशान भुजेलले भने अहिले सम्म कुनै पनि नेपाली चलचित्र निर्माताले पनि गर्न नसकेको काममा युट्युवमा गरेर देखाएका छन् ।

काठमाडौं निवासी सत्र वर्षिय भुजेलले मुम्वइका र्‍यापर एमिवेको म्युजिक भिडियो ‘चेकमेट’ को पनि निर्देशन गर्ने अवसर पाए

उनको आफ्नै छायाँकन, निर्देशन र सम्पादनमा बनेको एउटा म्युजिक भिडियो २० करोड दर्शकले युट्युवमा हेरिसकेका छन् । एमिवे बन्टाइको ‘फिरसे मचाएँगे’ का लागि उनले यो भिडियो फ्रेबुअरीको शुरुमा तयार पारेका थिए । काठमाडौं निवासी सत्र वर्षिय भुजेलले मुम्वइका र्‍यापर एमिवेको म्युजिक भिडियो ‘चेकमेट’ को पनि निर्देशन गर्ने अवसर पाएका थिए ।

एमिवेको म्युजिक भिडियोमा खेल्ने उद्देश्यले उनलाई इमेल गरेका उनले अन्तत ति सबै अवसर पाए

हाल काठमाडौंमै रहेका उनले नेपालका ५ः५५ र मानस घले लगायत थुप्रै नामुद र्‍यापरका म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । एमिवेको म्युजिक भिडियोमा खेल्ने उद्देश्यले उनलाई इमेल गरेका उनले अन्तत ति सबै अवसर पाएका थिए । तिनीहरुले ‘सब कुछ न्यु’ र ‘नो ब्रायन्डु’ लगायत अन्य थुप्रै म्युजिक भिडियोमा पनि संगै काम गरिसकेका छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७