धर्म/ संस्कृति

आजको राशिफल : यी राशिका लागि अशुभ !

आजको राशिफल : यी राशिका लागि अशुभ !

वि.सं.२०७७ साल आषाढ २७ गते । शनिबार । ईश्वी सन् २०२० जुलाई ११ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १८ पला । पञ्चक।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विदशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला, दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ-लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दाजुभाइले तपाईको काममा आर्थिक सहयोग रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार-व्यवसायमा लगानी गरी सामान्य आम्दानी गर्न सकिनेछ भने कृषि क्षेत्रमा समय व्यतीत हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

विद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्रस्थानमा आउँनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर-परिवारमा खुसीयालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाति रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पति तथा विलासी वस्तुहरु जोड्न सकिनेछ । लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति-पत्नीबिच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिनेहरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आर्थिक अवस्था सुदृढ बनाउन चालिने कदमहरु स्वतःस्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई-लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया-प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाईदा गराउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आमा तथा आमा सँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारि व्यावासायमा भने मनग्गे आम्दानि हुने योग रहेकोछ । समाजसेवामा तथा राजनितिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

उद्योग तथा उत्पादन मुलक व्यावसायमा लागानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यावसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक बाताबरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । तपाईको लवाईख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७