मुख्य समाचार

भारतमा ‘रोइलो’: नेपालमा च्यानल बन्द गराउन चीनको हात भएको दाबि ?

भारतमा ‘रोइलो’: नेपालमा च्यानल बन्द गराउन चीनको हात भएको दाबि ?

२६ असार, नेपालमा भारतीय न्युज च्यानलहरुको प्रशारण बन्द भएपछि यसले भारतमा तरंग ल्याएको छ । भारतीय न्युज टीभीका प्रस्तोताहरुले चीनको इशारामा नेपालले यस्तो भारतविरोधी कदम चालेको भन्दै ‘रोइलो’ गरिरहेका छन् ।

जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर अनर्गल समाचार प्रशारण गरेको थियो । यसको विरोध भएपछि नेपालमा भारतीय च्यानलहरु नै बन्द गर्नुपर्ने आवाज उठेपछि केवल अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय च्यानलहरु बन्द गर्ने निर्णय बिहीबार लिएका थिए ।

तर,भारतीय टीभीहरुले यो प्रकरणमा पनि चीनलाई मुछिदिएका छन् । चिनियाँ राजदूत यान्छीकै निर्देशनमा भारतीय च्यानलमा रोक लगाइएको उनीहरुको निष्कर्ष निकाल्दै कार्यक्रम नै बनाएका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७