मनोरञ्जन

आफ्नै कमाइले ललितपुरमा घर बनाउँदै नायिका पूजा शर्मा

आफ्नै कमाइले ललितपुरमा घर बनाउँदै नायिका पूजा शर्मा

पोखरा – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् पूजा शर्मा । चलचित्र ‘प्रेमगीत’ बाट एकाएक चर्चामा आएकी पूजाले महँगो पारिश्रमिक लिने नायकाका रूपमा पनि चर्चित छिन् ।

उनि थ्रि लभर्स, मधुमास, चंखे शंखे पंखे, प्रेमगीत, रामकाहानी, अझै पनि, म यस्तो गीत गाउँछु लगायतका चलचित्रमा अभिनय गरिसकेकी पूजा पछिल्लो समयकी सफल अभिनेत्रीमा गनिने गर्छिन् । चलचित्र ‘म यस्तो गीत गाउँछु ’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेकी उनले महँगो पारिश्रमिकमा काम गर्दै आएकी छिन् ।

उनले चलचित्र पोइ पर्‍यो काले’ मा २० लाख पारिश्रमिक , चलचित्र ‘सम्झना विर्सना’ मा २० लाख र ‘मन परेसी’ मा ५ लाख पारिश्रमिक बुझेको बिषयले निकै चर्चामा रह्यो । केहि समय पहिला एक अन्तर्वातामा दिएको नेपालका जील्ला र प्रदेशबारे दिएको गलत जवाफका कारण अालोचित भएकी पुजा पछिल्लो समय भने उनी घरका कारण चर्चामा आएकी छिन् ।

अहिले उनी ललितपुरको एकान्तकुनामा घर बनाउनमा व्यस्त छिन् । यो उनको दोस्रो घर हो। उनले तीन तल्लाको घर बनाउन लागेको बताइएको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा घर निर्माणको एक भिडियो शेयर गरेकी छन् । उनले अभिनय गरेको कमाईबाटै काठमाडौंमा दोस्रो घर बनाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७