मुख्य समाचार

पोखराको बाँझापाटन बन्यो ताल, २५ बढी घर डुबे

पोखराको बाँझापाटन बन्यो ताल, २५ बढी घर डुबे

पोखरा । वर्षाका कारण पोखरा महानगरपालिका- १३ बाँझापाटन क्षेत्रको बस्ती डुबानमा परेको छ । काहुँखोलामा पानीको बहाव बढेपछि बस्ती जलमग्न बन्न पुगेको हो ।खोलामा जलसतह बढेपछि कमलपोखरी ताल नजिकै रहेको बस्तीका करिब २५ घर डुबानमा परेका छन् ।

निरन्तर बर्षात् भइरहेकाले बस्तीमा डुवान अझै बढ्न सक्ने स्थानीयले बताएका छन् । बस्तीभन्दा खोला उचाइमा रहेकाले उक्त बस्ती वर्षेनी डुबानमा पर्दै आएको छ ।

बस्ती जलमग्न हुँदा स्थानीयहरु बाहिर निस्कन सकेका छैनन् । प्रायः घरका भुइँतलामा बाढी पसेकाले बाहिर निस्कन मिलेको छैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७