मनोरञ्जन

उषा खड्गीले मनाइन् जन्मदिन [फोटोफिचर]

उषा खड्गीले मनाइन् जन्मदिन [फोटोफिचर]

पुर्व मिस नेपाल उषा खड्गीले जन्मदिन मनाएकी छिन् । उषाले आफैले चलाएको बुटिकमा जन्मदिन मनाएकी हुन् । उषा अहिलेसम्मकै सुन्दर मिस नेपाल मानिन्छिन् ।

उनको जन्मदिनमा परिवार र साथीहरुको सामान्य उपस्थिती रहेको थियो । उनले कति औ जन्मदिन भने खुलाएकी छैनन् । उनले इन्स्टाग्राममार्फत शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छिन् । उनले फेसबुकमा पनि २३ गते जन्मदिनको तस्बिर शेयर गरेकी थिइन् ।

उषा सातौं मिस नेपाल हुन्। सन् २००० मा आयोजना भएको मिस नेपाल नामक प्रतियोगिता जितेकी थिइन्। उषा सन् १९९९ मा मिस पोखराको पहिलो उप विजेता थिइन् र पछि उनले सन् २००० मा मिस बीरगञ्ज भाग लिँदै पहिलो उप विजेता भएकी थिइन्।

उनको विवाह नेपाल टेलिभिजनको पूर्व कार्यक्रम प्रस्तोता जिपि तिमिल्सिनासँग भएको थियो भने उनीबाट मान सिक यात ना दिएको भन्दै उनले स म्बन्ध बि च्छेद गरेकी थिइन्।

उनि सामाजिक संजालमा निकै सक्रिय छिन् । उनले समय समयमा निकै सुन्दर तस्बिर शेयर गरिरहन्छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७