मनोरञ्जन

यी नायिकासँग गर्न लागेका थिए सलमान खानले बिहे, कार्ड छापिएपछि इन्कार

यी नायिकासँग गर्न लागेका थिए सलमान खानले बिहे, कार्ड छापिएपछि इन्कार

बलिउड अभिनेता सलमान खानको बिहेले चर्चा कमाइरहन्छ । सलमानले किन बिहे गरिरहेका छैनन् भन्ने चर्चा पनि चलिरहन्छ । धेरै कमलाई मात्र थाहा छ, सलमान खानको एकपटक बिहे लगभग पक्का भइसकेको थियो । पछि उक्त बिहे रोकिएको थियो । सलमान खानले कलाकार तथा मोडल संगीता बिजलानीसँग बिहे गर्ने चर्चा थियो ।

सन् १९९४ को २७ मे मा सलमान र संगीताले बिहे गर्ने तय पनि भएको थियो । सलमानले नै यो मिति चुनेका थिए र संगीताको भेट सन् १९८६ मा भएको थियो । यी दुईले लामो समय सँगै काम गरे । सन् १९९३ मा सलमान खानले आफूले बिहे गर्न चाहेको अन्तर्वार्ताका क्रममा खुलाएका पनि थिए ।

अर्को एक अन्तर्वार्तामा त सलमान खानले यो पनि खुलाएका थिए कि, संगीतासँग बिहे गर्नका लागि कार्ड पनि छापिएको थियो । तर, संगीताले उक्त बिहे गर्नमा इन्कार गरिन् । खासमा सलमानको परिवार पनि यो बिहेका लागि राजी थिए । तर, संगीताको परिवार खासै खुशी हुन सकेका थिएनन् ।

यो बिहे पनि त्यसै भाँडिएको थिएन । संगीतालाई सलमानको सोमी अलीसँग पनि अफेअर चलेको थाहा भयो । यो थाहा पाएपछि संगीताले बिहे इन्कार गरेकी थिइन् । त्यसपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग सन् १९९६ मा बिहे गरेकी थिइन् । अजहरुद्दीनले पहिले नै बिहे गरेका थिए । र, उनका दुई छोरा पनि थिए ।

संगीताका लागि अजहरकी पहिलो पत्नीले डिभोर्स दिएकी थिइन् । उनले आफ्नो नाम आयशा राखेकी थिइन् १४ वर्षपछि अर्थात् सन् २०१० मा यी दुईको पनि डिभोर्स भयो । संगीता पछिल्लो समय सिंगल नै बिताइरहेकी छिन् । उनी आफ्नो ब्लगमार्फत फ्यानसँग नजिक हुने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७