शिक्षा

मेरी शिक्षिका

मेरी शिक्षिका

एउटा प्राथमिक विद्यालयमा अञ्जलि नामकी शिक्षिका थिइन् । उनी कक्षा ५ की कक्षा शिक्षक थिइन् । उनको एउटा बानी थियो सधै कक्षामा आउने बित्तिकै सबै विद्यार्थीहरुलाई “LOVE YOU ALL” भन्ने गर्थिन् । तर उनलाई थाहा थियो कि उनले सत्य बोलेकी छैनन् ।

उनी कक्षाका सबै बच्चाहरूलाई एकै किसिमले माया गर्दिनथिन । त्यस कक्षामा एउटा बच्चा थियो जसलाई उनिले पटक्कै मन पराऊँदिन थिइन् । उसको नाम ‘राजु’ थियो । राजु सधैं फोहोर कपडाहरू लगाएर नै विद्यालय आउने गर्थ्यो । उसको कपाल बिग्रिएको हुन्थ्यो, जुत्ताहरू फाटेका हुन्थे, शर्टको कलरमा फोहोर हुन्थ्यो । अध्ययनको बेलामा पनि उसको ध्यान अन्यत्र कतै हुन्थ्यो ।

त्यसको ध्यान अन्यत्र बाट हटाउन मेडमले उसलाई हप्काउँदा उ झस्केर मेडमलाई स्तब्ध परेर हेर्ने गर्थ्यो, तर त्यसको खाली खाली आँखाहरु बाट प्रष्ट भई हाल्थ्यो कि राजु शारीरिक रुपमा कक्षामा उपस्थित भए पनि मानसिक रुपमा हूँदैनथ्यो । विस्तारै राजु बाट मेडमलाई घृ णा हुन थाल्यो । कक्षामा प्रवेश गर्ने बित्तिकै राजुले मेडमको आलोचनाको शिकार हुनु पर्थ्यो ।

“मैडम, प्रोग्रेस रिपोर्टमा केहि त राजुको प्रगतिको बारेमा लेखिएको हुनुपर्थ्यो । तपाईले जे पनि लेख्नुभएको छ, त्यसले त राजुको बुबालाई निराश बनाउनेछ ।” शिक्षिकाले भनिन्, “म माफी चाहन्छु सर, तर राजु एकदम असभ्य र बेकार बच्चा हो । मलाई लाग्दैन कि म उसको प्रगतिको बारेमा केहि लेख्न सक्छु ।”

विद्यार्थीहरुले पनि राजुलाई जिस्काउने र गिज्याउने गर्दथे । मेडम उसलाई अपमानित गरेर सन्तुष्टि प्राप्त गर्थिन् । तर राजूले कहिले पनि कुनै जवाफ दिएन । मेडमलाई राजु आत्मा न भएको निर्जीव ढुंगा जस्तो देखिन्थ्यो । प्रत्येक निन्दा, व्यंग्य र सजायको जवाफमा, उ आफ्नो भावनाको खाली आँखाले उनीलाई हेर्ने अनि टाउको निहुराएर चुप्प लागेर बस्ने गर्थ्यो । मेडमलाई अब राजुबाट धेरै गहिरो घृणा हुन थाल्यो ।

पहिलो सेमेस्टर सिद्धियो र प्रगति रिपोर्टको चरण आयो, मेडमले सबै नराम्रा कुराहरू राजुको प्रगति रिपोर्टमा लेखिन् । प्रगति रिपोर्ट अभिभावकलाई देखाउनु अघि हेडमास्टर कहाँ जाने गर्थ्यो । हेडमास्टरले राजुको प्रगति रिपोर्ट पढ्नुभयो र मैडमलाई बोलाएर भन्नुभयो – “मैडम, प्रोग्रेस रिपोर्टमा केहि त राजुको प्रगतिको बारेमा लेखिएको हुनुपर्थ्यो । तपाईले जे पनि लेख्नुभएको छ, त्यसले त राजुको बुबालाई निराश बनाउनेछ ।” शिक्षिकाले भनिन्, “म माफी चाहन्छु सर, तर राजु एकदम असभ्य र बेकार बच्चा हो । मलाई लाग्दैन कि म उसको प्रगतिको बारेमा केहि लेख्न सक्छु ।” यति भन्दै उनी स्कूलबाट बाहिरिन् ।

भोलिपल्ट हेड मास्टरले चपरासीलाई राजुको अघिल्लो बर्षको प्रगति रिपोर्ट मेडमको डेस्कमा राख्न लगाए । शिक्षिकाले कक्षाकोठामा प्रवेश गर्दैमा आफ्नो डेस्कमा रिपोर्ट देख्नु भयो । पछाडि हेरेपछि थाहा पाईन् कि यो त राजुको रिपोर्ट हो । शिक्षिकाले सोचिन् कि राजुले पहिलेको कक्षाहरुमा पनि उही गुल खिलाएको हुनुपर्छ ।

उनले कक्षा ३ को रिपोर्ट खोलिन् । रिपोर्टमा टिप्पणी पढेर उनी छक्क परिन् जब उनले देखिन् कि उक्त रिपोर्टमा त राजुको धेरै प्रशंसा गर्दै लेखिएको थियो “मैले आजसम्म राजु जस्तो बुद्धिमानी बच्चालाई देखेको छैन, उ धेरै संवेदनशील छ र उसले आफ्ना साथीहरू र शिक्षकहरुलाई धेरै मन पराउँछ ।” अगाडी लेखिएको थियो – “अन्तिम सेमेस्टरमा पनि राजु पहिलो स्थानमा छ ।”

मेडमले अनिश्चित स्थितिमा कक्षा ४ को रिपोर्ट पनि खोल्नुभयो । यसमा लेखिएको थियो “राजूको पढ़ाईमा आफ्नी आमाको बिमारीबाट धेरै असर परेको छ । उसको ध्यान अध्ययनबाट फर्किएको छ । राजुकी आमालाई अन्तिम चरणको क्यान्सर छ ।

ऊसँग घरमा हेरचाह गर्ने कोही छैन, जसले उसको अध्ययनमा गहिरो प्रभाव पारेको छ ।” त्यसको तल हेड मास्टरले लेख्नु भएको थियो “राजूकी आमा मरिसकेकी छिन् र यसको साथमा राजुको जीवनको चमक पनि । उसलाई बचाउनु पर्छ … ढिलो हुनु भन्दा पहिले ।”

यो पढेर शिक्षिकाको दिमागमा एउटा डरलाग्दो भार पर्यो । थरथर काँपिरहेको हातले उनले प्रगति रिपोर्ट बन्द गरिन् । मेडमका आँसु झर्न थाले, उनले साडीले आफ्ना आँसु पोछिन् । अर्को दिन कक्षामा प्रवेश गर्ने बित्तिकै आफ्नो बानी अनुसार उनले आफ्नो परम्परागत वाक्यांश “Love You All” लाई दोहोर्याइन् । उनीलाई थाहा थियो कि उनले आज पनि झूट बोली रहेकी छिन् । किनभने त्यसै कक्षामा बसी रहेको कपाल बिग्रिएको बच्चा राजुका लागि आज जो माया उनी आफ्नो हृदयमा महसुस गरी रहेकी थिइन् त्यो कक्षामा बसी रहेका अरु कुनै पनि बच्चा भन्दा बढी थियो ।

अध्ययनको क्रममा उनले दैनिक दिनचर्याको जस्तै राजुलाई एउटा प्रश्न सोधिन् र राजुले पनि सधैं जस्तो आफ्नो टाउको झुकाई हाल्यो । केहि समयको लागि जब मेडमबाट हप्काइएन र उसको कानमा सहपाठी सहकर्मीहरूको हाँसोको आवाज पनि आएन, तब उसले छक्क पर्दै आफ्नो टाउको उठाई मेडमतिर हेर्यो ।

उनी मुस्कुराई रहेकी थिइन् । उनले राजुलाई आफु कहाँ बोलाईन् र प्रश्नको उत्तर दिएर जबरजस्ती फेरि दोहोर्याउन लगाईंन् । अन्ततः तीन चार चोटीको आग्रह पछि राजुलाई बोल्नै पर्यो । राजुले जवाफ दिंदा बित्तिकै मैडमले खुशी भएर ताली बजाईंन् र अरु बच्चाहरुलाई पनि बजाउन लगाईंन् ।

अब त यो दिनचर्या बन्न गयो । मेडमले आफैले प्रत्येक प्रश्नको जवाफ दिने र राजुको धेरै प्रशंसा गर्ने गर्थिन् । प्रत्येक राम्रो उदाहरण कक्षामा राजुको कारणले नै दिइने गरिन्थ्यो । बिस्तारै, पहिलेको राजु मौनको चिहान च्यातेर बाहिर आऊन थाल्यो । अब मेडमलाई कुनै पनि प्रश्नको उत्तर दिन आवश्यक थिएन । अब त हरेक दिन राजुले कुनै त्रुटि बिना प्रत्येक प्रश्नको उत्तर दिएर सबैलाई प्रभावित पार्ने र नयाँ नयाँ प्रश्नहरू सोध्दै सबैलाई छक्क पार्ने गर्थ्यो ।

अब त्यसको कपाल केहि हदसम्म सुधार भएको हुन्थ्यो, उसको लुगा पनि धेरै हदसम्म सफा गरिएको हुन्थ्यो, जुन उसले सायद आफैले धुने गर्थ्यो । हेर्दा हेर्दै वर्ष पनि बित्न गयो, राजुले दोस्रो स्थान प्राप्त गर्यो र कक्षा ५ उत्तीर्ण गरेर अब अर्को स्कूलमा भर्नाको लागि तयार थियो ।

कक्षा ५को विदाई समारोहमा सबै बच्चाहरूले मेडमको लागि सुन्दर उपहारहरू ल्याए र मेडमको टेबुल उपहारहरुले टन्न भरिएको थियो । यी सुन्दर ढंगले प्याक गरिएका उपहारहरूमध्ये एउटा पुरानो पत्रिकामा अव्यवस्थित ढंगले प्याक गरिएको एउटा उपहार पनि थियो । बच्चाहरू उसलाई देखेर हाँस्दै थिए । सबैले अनुमान गरी सकेका थिए कि यो उपहार राजुले नै ल्याएको हो भनेर ।

मेडमले उपहारको यो सानो पहाडबाट उफ्रेर राजुको उपहार लिइन् । खोलेर हेर्दा त्यसको भित्र महिलाहरुले प्रयोग गर्ने एउटा आधा प्रयोग गरिएको अत्तरको शीशी थियो र एउटा हातमा लगाउने ठूलो बाला थियो, जसको धेरै जसो मोतिहरू झरी सकेका थिए । शिक्षिकाले चुपचाप यो इत्रर आफूमाथि छर्किनु भयो र त्यो बाला हातमा पहिरनु भयो । बच्चाहरू यो दृश्य देखेर सबै छक्क परे, र राजु आफै पनि ।

आखिर, राजुले एक्लै बस्न सकेन र मेडमको नजिकै गएर उभियो । केहि समय पछि उसले भक्भकाऊँदै मेडमलाई भन्यो, “आज तपाई बाट मेरी आमा जस्तो सुगन्ध आई रहेको छ ।” यति सुन्दैमा मेडमको आँखा बाट आँसू झर्न थाले र मेडमले राजुलाई अँगालो हालिन् ।

राजुले अब अर्कै ठाउँमा स्कूलमा प्रवेश ली सकेको थियो, समय बित्दै गयो । दिन, हप्ता, महिना र महिना बाट वर्ष पुग्न कति समय लाग्छ र ? तर हरेक बर्षको अन्त्यमा, मेडमले राजूबाट नियमित रुपमा एउटा चिठी पाउने गर्थिन् कि “यस वर्ष मैले धेरै नयाँ शिक्षक भेटें, तर मेडम तपाई जस्तो कोही थिएन ।” त्यसपछि राजुको अध्ययन समाप्त भयो र पत्रहरूको प्रक्रिया पनि समाप्त भयो । धेरै वर्ष बित्यो र मेडम पनि रिटायर हुनु भयो ।

एक दिन अचानक मेडमलाई राजुको ईमेल आयो, जसमा लेखिएको थियो: “यस महिनाको अन्त्यमा मेरो विवाह छ, र म तपाईंविना विवाहको बारेमा सोच्न सक्दिन, र एउटा कुरा, मैले जीवनमा धेरै मानिसलाई भेटेको छु … तपाई जस्तो कोही पनि छैन …….. तपाइँको सी.डी.ओ. राजु ।”

“मित्रहरू, तपाईंहरू सबै जना जहिले पनि मेरो आमाको बारेमा सोध्नुहुन्थ्यो र मैले पनि तपाईंलाई बाचा गरेको थिएँ कि छिटै म उहाँसँग तपाईंहरूलाई भेटाउने छु । ध्यानपूर्वक हेर्नुहोस्, यिनी मेरी आमा हुन्, मेरी प्रिय आमा, संसारमा सबै भन्दा राम्री छन् मेरी आमा ।”

ईमेलसँगै, विमान बाट आउने र जाने टिकट पनि पठाइएको थियो । मेडमले आफुलाई रोक्न सकिनन् । उनी आफ्नो पतिबाट अनुमति लिएर राजुको शहर गइन् । विवाहको दिन जब उनी विवाहको ठाउँमा पुगिन्, उनी अलि ढीलो भइसकेकी थिइन् ।

उनलाई लाग्यो कि समारोह त समाप्त भई सक्यो होला, तर यो देखेर उनको आश्चर्यको सीमा नै रहेन कि शहरका ठूला डाक्टर, व्यापारीहरु र त्यहाँ विवाह गराई रहेका पण्डितजी सबै थकित भई सकेका थिए, यो सोचेर कि आखिर अब कसले आउन बाँकी छ ? तर राजु भने विवाहको मण्डपको सट्टा समारोहका लागी सजावट गरिएको गेटमा एकोहोरो (एकटक) हेरी रहेको थियो, कसैको पर्खाईमा थियो !

तब सबैले देखे कि एउटा वृद्ध महिला गेटबाट भित्र छिर्दा बित्तिकै राजु उनीतिर दौडेर गयो र उनको हात समात्यो जुन हातमा उनले अझै पनि उसले दिएको त्यो बाला (ब्रेसलेट) पहिरेर आएकी थिइन् । राजुले उनलाई सीधा स्टेजमा लग्यो । माइक आफ्नो हातमा लिएर भन्यो, “मित्रहरू, तपाईंहरू सबै जना जहिले पनि मेरो आमाको बारेमा सोध्नुहुन्थ्यो र मैले पनि तपाईंलाई बाचा गरेको थिएँ कि छिटै म उहाँसँग तपाईंहरूलाई भेटाउने छु । ध्यानपूर्वक हेर्नुहोस्, यिनी मेरी आमा हुन्, मेरी प्रिय आमा, संसारमा सबै भन्दा राम्री छन् मेरी आमा ।”

उपस्थित सबै व्यक्तिहरूले ताली बजाई रहेका थिए, अंजलि मेमको आँखा बाट आँसूको झर्ना बगी रहेको थियो ।

प्रिय मित्रहरु,
शिक्षक र विद्यार्थीको सम्बन्धको कारणले मात्र यो सुन्दर कथालाई न हेर्नुहोला । तपाईको वरिपरि हेर्नुहोस्, राजु जस्ता धेरै फूलहरू ओइलाई रहेका छन् जसलाई तपाइँको थोरै ध्यान, प्रेम र मायाले नयाँ जीवन दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७