समाचार

बिहे गरेको एक वर्ष मै पुछियो ‘अर्पीता’को सिन्दुर (भिडियो)

बिहे गरेको एक वर्ष मै पुछियो ‘अर्पीता’को सिन्दुर (भिडियो)

रुपन्देहीकी अर्पीता पोखरेलको एक वर्ष पनि नहुँदै सिन्दुर पुछिएको छ । सवारी दुर्घटनामा श्रीमान कृष्णबाबु पाण्डेको निधन भएपछि उनी एक्लो भएकी हुन् ।

उनका श्रीमान् पत्रकार कृष्णबाबुको आफैले चलाएको बा ७ च ६९५९ नम्बरको कार कार दुर्घटनामा परी निधन भएको थियो । उनी वुटवलवाल आफ्नो घर तिलोत्तमा जाने क्रममा कार दुर्घटनामा परेका थिए ।

विवाह गरेको एक वर्षमै कृष्ण अस्ताएपछि वैवाहिक जिवनको रंगिन दुनिया राम्रोसंग बुझ्न समेत नपाई अर्पीताको जिवनको रंग उडेको हो ।

उक्त कारले सिद्धार्थ राजमार्गको बुटवल(भैरहवा सडक खण्डको तिलोत्तमा(१ ड्राइभर टोलमा ६ लेन सडक छेउमा राखिएको रेलिङमा ठक्कर खाएको थियो । दुर्घटनामा परेर घाइेत उनको उपचारका क्रममा निधन भएको हो ।

कुष्णले आफ्नै नामको युट्युव च्यानलमा विवाहको भिडियो अपलोड गरेका थिए । २७ अप्रिल २०१९ मा अपलोड गरिएको विवाहको भिडियो अहिले चर्चामा रहेको छ । भिडियोमा अधिकांशले समवेदना प्रकट गरेका छन् ।

भिडियो –

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७