समाचार

‘ह्वाट्स अ फ्लाप शो’ बन्द गराउन उजुरी, सन्दीप क्षेत्रीसहितलाई कारवाहीको माग

‘ह्वाट्स अ फ्लाप शो’ बन्द गराउन उजुरी, सन्दीप क्षेत्रीसहितलाई कारवाहीको माग

काठमाडा । ह्वाट्स अ फ्लाप शो कार्यक्रम बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको छ । साथै उक्त कार्य प्रस्तोता सन्दीप क्षेत्र, कार्यक्रमको व्यवस्थापक र प्रड्युसर विशाल घोषलाई कानुनी कारवाहीको माग गरेको गरिएको छ ।

डा.शरद सिंह यादवले आज प्रेस काउन्सिलमा निवेदन दर्ता गराई कारवाहीको माग गरेका हुन् । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट्स अ फ्लाप शो कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्रीले विगत लामो समयदेखि मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको उजुरीमा उल्लेख छ ।

सो प्रस्तुती युट्युवबाट समाजिक सञ्जालमा भाइरल भइरहेकोले यसखालको प्रस्तुतिले मधेशी समुदाय अ पहेलित महसुस गरिरहेको उल्लेख छ ।

सो कार्यक्रममा सन्दीप क्षेत्र मिठाईलाल जादवको भूमिकामा हुन्छन् । उनले आफ्नो अनुहारमा कालो पोतेर मधेशीको भेषभुषामा हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७