मुख्य समाचार

कोरोनाको असर मानव मस्तिष्कमा पर्न सक्छ -वैज्ञानिक

कोरोनाको असर मानव मस्तिष्कमा पर्न सक्छ -वैज्ञानिक

कोरोना भाइरस (कोभिड–१९) को विषयमा वैज्ञानिकहरुले नयाँ सम स्यातर्फ संकेत गरेका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको कारण मानिसको मस्ति ष्कको ग म्भीर किसिमको रो ग उत्पन्न हुन सक्छ । जसको उपचार पनि सम्भव नहुने उनीहरुको भनाइ छ ।

‘कोरोना भाइ रसको क्रममा ठूलो संख्यामा मानिसको मस्ति ष्कमा नोक्सा नी पुग्नेछ । सम्भवत सन् १९१८ को अवस्था हुनेछ । स्पेनिस फ्लुपछि सन् १९२० र १९३० को दशक मानसिक ज्वरो इन्सेफेलाइटिसको प्रकोप देखिए

युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले कोभिड–१९ का ४३ बिरामीको मस्ति ष्कमा ग म्भीर सम स्या देखिएको बताएका छन् । यी बिरामीहरुको मस्ति ष्क सुन्निएको पाइयो साथै उनीहरुमा मनोविकृति तथा बेहो सी अवस्था मा नै बर्ब राउने बानी पनि देखिएको थियो ।

अध्ययनका अनुसार बिरामीको मस्ति ष्कले काम गर्न बन्द गर्न सक्छ त्यसका साथै मस्तिष्कका नसामा पनि क्षति पुग्न सक्ने उनीहरुको भनाइ छ । यसले मस्ति ष्कको अर्को सम स्या निम्त्याउन सक्ने उनीहरुले बताएका छन् ।

युनिभर्सिटी कलेज लण्डनका इन्स्टिच्युट अफ न्युरोलोजीका डाक्टर माइकल जान्डीले भने, ‘कोरोना भाइ रसको क्रममा ठूलो संख्यामा मानिसको मस्ति ष्कमा नोक्सा नी पुग्नेछ । सम्भवत सन् १९१८ को अवस्था हुनेछ । स्पेनिस फ्लुपछि सन् १९२० र १९३० को दशक मानसिक ज्वरो इन्सेफेलाइटिसको प्रकोप देखिएको थियो । त्यसैअनुसार कोरोना भाइ रसको कारण न्युरोलोजिकल सम स्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७