राजनीति

सुरक्षा र परराष्ट्र नीति भारतलाई जिम्मा लगाउनु पर्छ भन्ने ओलि कसरी राष्ट्रवादी भए:- नेपाली काँग्रेस (वी.पी.)

सुरक्षा र परराष्ट्र नीति भारतलाई जिम्मा लगाउनु पर्छ भन्ने ओलि कसरी राष्ट्रवादी भए:- नेपाली काँग्रेस (वी.पी.)

काठमाडौ । नेपाली काँग्रेसले वि पि विचार छोडेर गणतन्त्र संघियता र धर्म निरपेक्षतामा गएको पार्टीका संस्थापक तथा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पार्टी छोड्न बाध्य पारेको भन्दै नेपाली काँग्रेसबाट अलग भएर स्थापना भएको पार्टीले आज आफ्नो केन्द्रिय कार्यलयमा महामन्त्री सुशीलमान सेरचनको संयोजकमा पत्रकार सम्मेलन गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टीले लिम्पियाधुरा सम्मको नक्सा सार्वजनिक गरिनु स्वागत योग्य भएको बताएको छ । नक्सा सार्वजनिक गरेर प्रधानमन्त्रीले राष्ट्रवादिको विल्ला भिरेकोमा भने प्रश्न उठाएको छ । २०६४ सालमा गिरिजाप्रसाद कोइरालाको मन्त्री मण्डलमा परराष्ट्रमन्त्री रहेका बेलामा नेपालको सुरक्षा र परराष्ट्र नीति भारतलाई जिम्मा लगाउन प्रस्ताव लगेको कुरा अमित सेरचनले खुलासा गरेको भन्दै परराष्ट्रमन्त्री हुँदा त्यसो भने व्यक्ति प्रधानमन्त्री भए पछि कसरी राष्ट्रवादी भए शङ्खा लाग्छ भन्दै प्रश्न उठाएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलि र प्रतिपक्ष दल तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सयुक्त पुत्ला दहन गर्दै पहिलो चरणको आन्दोलन समाप्त

पार्टीले विश्वले अस्वीकार गरेको आर डि टि बन्द गर्न र पिसिआरलाई तिव्रता दिन, एमसिसि सम्झौतामा रहेको राष्ट्रघाती बुदा सम्सोधन गर्न तथा कुटनैतिक मर्यादा विपरीत भएको सम्झौतालाई कुटनैतिक मर्यादा अनुसार सम्झौता गर्न पनि माग गरेको छ । भ्रस्टाचार र अनियमित बन्द गर्न क्वारेन्टाइनलाई व्यस्थित गर्न पनि माग गरेको छ ।

पार्टीले भ्रष्टाचार, अनियमितता, राष्ट्रघाती कदमका विरुद्ध पटकपटक सरकारलाई सचेत गराउदै पनि सरकार र प्रतिपक्ष दल हातेमालो गरेर अगाडि बढेको भन्दै जनतालाई सचेतना जगाउदै उपत्यकाको विभिन्न स्थानमा कोणसभा गर्दै असार १७ गते निशेधित क्षेत्र वानेश्वर चोकमा प्रधानमन्त्री केपि शर्मा ओलि र प्रतिपक्ष दल तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सयुक्त पुत्ला दहन गर्दै पहिलो चरणको आन्दोलन समाप्त भएको र दोस्रो चरणको आन्दोलन घोषणा गर्ने पनि बताएको छ ।

पार्टीले अहिले आफ्नो संगठन २५ जिल्लामा रहेको र को रोना जो खिम कम भए पछि थप १८ जिल्ला विस्तार हुने पनि जानकारी दिएको छ । पार्टीले आफ्नो भातृ संघ तथा सुभेक्षुक संघ पनि निर्माण भैसकेको जनाएको छ ।

नेपाली कांग्रेस विपिले बर्तमान संबैधानिक ब्यवस्थाकाे बिकल्प खाेज्ने सबै एकजुट भएर ससक्त आन्दाेलनमा उत्रन आह्वान गरेको छ ।साे पार्टीले मंगलबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलनकाे आयाेजना गरि बर्तमान संबैधानिक ब्यवस्थाकाे बिकल्प खाेज्ने सबै दल,समूह,संगठन र नागरिक समाज एकजुट भएर ससक्त आान्दाेलनमा उत्रन आह्वान गरेको हो ।

सर्वपक्षीय एकता र मेलमिलापनै आजको यथार्थता भएको भन्दै नेपाली कांग्रेस विपिले साेहि अनुरूप चल्न सक्ने दलको निर्माण आजको आवश्यकता भएकोमा जाेड दिएको छ ।

काेराेना भा इरसका कारण ठप्प प्राय भएको मुलुकको आर्थिक अवस्था माथि उकास्ने योजना वर्तमान सरकारसँग नभएको दाबी

ध्वंस बाहेक निर्माणकाे कुनै योजना नभएको तथाकथित कम्युनिस्टहरूकाे सरकार सबै पक्षमा असफल भएको भन्दै पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा चरम भ्रष्टाचार सेवा प्रवाहमा उदासीनता सबै क्षेत्रमा दलियकरण र चरम आन्तरिक बैमनस्यतानै कुशासनकाे उदाहरण भएको जनाइएको छ ।

विश्वब्यापि महामारीको रूपमा फैलिएको काेराेना भाइरस संक्रमणकाे त्रा सले ग्र सित नेपाली जनता सरकारकाे अकर्मण्यताकाे सिकार बनेको भन्दै साे पार्टीका सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पाैडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा काेराेना भा इरसका कारण ठप्प प्राय भएको मुलुकको आर्थिक अवस्था माथि उकास्ने योजना वर्तमान सरकारसँग नभएको दाबी गरिएको छ ।

हाम्रो भु-राजनीति र यहाँको बिबिधता,राष्ट्रिय सुरक्षा,स्वार्थ र राजनीति बुझ्दै नबुझी दलिय सत्ता स्वार्थ प्रेरित कुटनितिले मुलुक बाह्र शक्तिको क्रिणास्थल बनेको भन्दै प्रवक्ता पाैडेलले दुई छिमेकीको चासो र नेपालकाे स्वार्थ अनुरूप बाह्य जगतसंग सम्बन्ध बढाउनु पर्नेमा एकलौटी एमसिसिकाे रटानले मुलुक अर्को भुमरीमा फ स्न लागेको बताए ।

प्रजातन्त्रमा प्रतिपक्षकाे ठूलो भुमिका हुने भए पनि नेतृत्वको अकर्मण्यता,आफ्नो माैलिक आदर्श सिद्धान्त ,बिचार, निति र संस्कार त्यागेर गुट उपगुटले ग्रसित मृत प्राय अवस्थामा रहेको भन्दै उनलेे साे दलबाट अब मुलुक सम्हालिन्छ भनेर साेच्नु मृगतृष्णा मात्रै भएको बिचार ब्यक्त गरे ।

समग्रमा सत्तासीन र प्रतिपक्षी दलनै समस्याको जड र कारकतत्व भएको बताउदै प्रवक्ता पाैडेलले यी दुबै दलबाट मुलुकलाई संकटबाट पार लगाउने कुनै उपाय नभएको दाबी गरे ।

बाह्य शक्तिको याेजनामा जनभावना प्रतिकुल थाेपरिएकाे संबैधानिक ब्यवस्थाकाे बिस्थापन,युग द्रष्टा बिपि काेइरालाकाे बिचार र नितिनै अहिलेकाे संकट समाधानका लागि सञ्जिवनि बुटि भएको भन्दै साे पार्टीले सत्ता पक्ष र प्रतिपक्ष दलमा देखिएको नेतृत्वको छिनाझम्टिबाट पाठ सिकेर नेपाल र नेपालीको स्वार्थलाई केन्द्रमा राखेर ससक्त आन्दोलनमा एकजुट हुन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७