मुख्य समाचार

सरिता गिरी संसदबाट हटेपछि लीला बन्दै सांसद

सरिता गिरी संसदबाट हटेपछि लीला बन्दै सांसद

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि अब ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् ।

गिरीलाई कार वाही गरेपछि बन्द सूचीको अनुक्रममा उनीपछि नाम रहेकी लीलालाई पार्टीले सांसद बनाउने

समानुपातिक कोटाबाट सांसद बनेकी सरिताले नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसको विरु द्ध अभिव्यक्ति दिएपछि पार्टीले कारवा ही गरेको हो । गिरीलाई कार वाही गरेपछि बन्द सूचीको अनुक्रममा उनीपछि नाम रहेकी लीलालाई पार्टीले सांसद बनाउने भएको हो ।

समाजवादी पार्टीकी केन्द्रीय सदस्य सिटौला ललितपुर महानगरपालिका १३ की बासिन्दा हुन् । समाजवादीको तर्फबाट आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद छानिनुका साथै गिरी खस आर्यको कोटामा परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७