मनोरञ्जन

धोनीले सुशान्त सिंह राजपूतलाई भनेका थिए- तिमी धेरै प्रश्न गर्छौ

धोनीले सुशान्त सिंह राजपूतलाई भनेका थिए- तिमी धेरै प्रश्न गर्छौ

सुशान्त सिंह राजपुत बिहारको पटनामा जन्मिएका थिए भने महेन्द्रसिंह धोनी झारखण्डको राँचीमा। अलग राज्य बन्नुअघि झारखण्ड बिहारको हि स्सा थियो। त्यसैले दुवै स्थानमा धेरै समानता पाइन्छ। सुशान्तको व्यक्तित्व यस्तो थियो कि उनी जसलाई पनि आकर्षित गर्न सक्थे।

टेलिभिजन सिरियलमा काम गरेपछि हिन्दी बोल्ने प्रदेशको घरघरमा सुशान्तले आफ्नो परिचय बनाए त्यसपछि उनले ठूलो पर्दामा कदम राखे

इन्जिनियरिङ पढिरहदा उनको झुकाव अभियनमा गयो। बीचैमा पढाइ छाडेर बलिउडमा पाइला टेके। टेलिभिजन सिरियलमा काम गरेपछि हिन्दी बोल्ने प्रदेशको घरघरमा सुशान्तले आफ्नो परिचय बनाए त्यसपछि उनले ठूलो पर्दामा कदम राखे। अर्कोतर्फ महेन्द्रसिंह धोनीले राँचीमा आफ्नो क्रिकेट करिअर सुरु गरेका थिए। फुटबलमा गोलकिपकरको भूमीकामा खेल्ने धोनी क्रिकेटमा विकेटकिपरको भूमीकामा हुन्थे।

धोनीले झारखन्डको रणजी टिमबाट क्रिकेट करिअर सुरुवात गरे। त्यसपछि भारतको ए टिम हुँदै सिनियर टिममा स्थान बनाउन सफल भए

लामो कपाल पाल्ने धोनी बाइकका औधी सोखिन थिए। उनले खड्गपुर रेलवे स्टेशनमा जागिर पनि खाए। धोनीले झारखन्डको रणजी टिमबाट क्रिकेट करिअर सुरुवात गरे। त्यसपछि भारतको ए टिम हुँदै सिनियर टिममा स्थान बनाउन सफल भए। भारतीय टिमका उत्कृष्ट ब्याट्सम्यान बन्दै धोनी कप्तानको भूमीकामा पुगे। म्याच फिनिसर धोनीले करोडौ क्रिकेटप्रेमीको मन जित्न सफल भए।

धोनीलाई क्रिकेटप्रेमीले मायाले माही भनेर बोलाउँछन्। शिखरमा पुग्दा पनि कहिल्यै धैर्य नगुमाउने धोनीलाई शान्त स्वभावका खेलाडीको रुपमा लिने गरिन्छ। सुशान्त सिंह राजपुतको अनुहार धोनीसँग मिल्दैन थियो। तर पनि उनी चलचित्रमा धोनीको भूमीका निभाउन तयार भएका थिए। उनले धोनीको भूमीका निभाउनका लागि कुनै कसर बाँकी राखेनन्।

पर्दामा धोनी बन्नका लागि सुशान्तले पूर्व क्रिकेटर किरण मोरेसँग एक वर्ष प्रशिक्षण लिए। किरणले एक विकेटकिपरले कसरी सोच्छ र उसको चालचलन कस्तो हुन्छ भनेर सिकाएका थिए। फिट रहने देखि बलरसँग कसरी समन्वय गर्ने कुरा सुशान्तले सिकेका थिए। क्रिकेटर झैं प्रशिक्षण लिएका सुशान्तले भिडियो एनालिस्टमार्फत धोनीको सबै किसिमका सर्टको बारेमा अध्ययन गरेका थिए।

‘तिमी कति धेरै प्रश्न सोध्छौ’ भनेका थिए। जवाफमा सुशान्तले ‘फ्यानहरुले मेरो अनुहारमा तपाईंलाई खोज्नेवाला छन्। त्यसैलाई मैले तपाईलाई बुझ्न जरुरी छ।’

धोनीले प्रहार गर्ने चर्चित हेलिकप्टर सर्ट सिक्नका लागि सुशासन्तले एक दिनमा तीन घन्टा बढीसम्म अभ्यास गरेका थिए। किनकी उनले प्रहार गरेको सर्ट बनावटी नहोस् भन्ने सुशान्तको चाहाना थियो। एक वर्ष प्रशिक्षणको दौरान सुशान्तले तीन पटक धोनीसँग भेट गरेका थिए। पहिलो भेटमा धोनीले आफूले पाएको सफलताको विषयमा सुशान्तलाई बताएका थिए।

दोस्रो भेटमा सुशान्तले धोनीलाई धेरै प्रश्नहरू सोधेका थिए। त्यसपछि धोनीले सुशान्तलाई ‘तिमी कति धेरै प्रश्न सोध्छौ’ भनेका थिए। जवाफमा सुशान्तले ‘फ्यानहरुले मेरो अनुहारमा तपाईंलाई खोज्नेवाला छन्। त्यसैलाई मैले तपाईलाई बुझ्न जरुरी छ।’ भनेका थिए।

धोनीका व्यापारिक साझेदार तथा चलचित्रका निर्माता अरुण पाण्डेले सुशान्तलाई धोनीको भूमीका लागि चुनेको विषयमा खुलाएका छन्। सुरुमा नाम सर्टलिस्ट गरिएको थियो। जहाँ सुशान्तको पनि नाम थियो। काइ पो चे फिल्ममा सुशान्तले क्रिकेट प्रशिक्षकको भूमीकामा अभिनय गरेका थिए। निर्माण युनिटलाई सुशान्तले क्रिकेट खेल्न सक्छन् भन्ने लाग्यो।

सुशान्त निर्देशक पक्का हुनुभन्दा पहिले नै धोनीको भूमीका देखिने तय भएको थियो। जब चलचित्रको तयारी गर्न थालियो सुशान्त लगातार धोनीको खेलहरु हेर्न थाले

धोनीले काइ पो चे हेरेको र सुशान्तको अभिनय मन परेको बताएपछि सुशान्त चलचित्रका लागि छनोट भए। सुशान्त निर्देशक पक्का हुनुभन्दा पहिले नै धोनीको भूमीका देखिने तय भएको थियो। जब चलचित्रको तयारी गर्न थालियो सुशान्त लगातार धोनीको खेलहरु हेर्न थाले। उनी धोनीको सबै व्यवहारको अवलोकन गर्थे। धोनी फिटनेटमा बढी ध्यान दिने खेलाडीमा पर्छन्। त्यसैले सुशान्तले धेरै नै मिहिनेत गर्नु परेको थियो।

पहिलो चरणमा उनको शारीरिक क्षमताको परीक्षण गरिएको थियो। यो चरणमा व्यायम, बक्सिङ, दौडको अभ्यास गरिएको थियो। दोस्रो चरणमा सुशान्तले नृत्यको अभ्यास गरेका थिए। तेस्रो चरणमा उनले जिम, साइक्लिङ र फुटबलको खेलेका थिए।

चलचित्र ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ रिलिज हुनुअघि दिएको अन्तर्वार्तामा सुशान्तले आफ्नो र धोनीको जिन्दगी उस्तै भएको बताएका थिए।

उनले बिबिसी हिन्दीलाई अन्तर्वार्ता दिँदै भनेका थिए,’मेरो र धोनीको जीवनमा धेरै समानता छन्। त्यहि भएर होला धोनीको भूमीका निभाउन सहयोग पुग्यो। अभिनय गर्दा उनको जीवन यात्रा देखिरहेको हुन्थे। त्यसैले मलाई उनको भूमीका निभाउन केहि सजिलो पनि भयो। हाम्रो क्षेत्र अलग भए पनि हाम्रो जीवनको यात्रा उस्तै छ। हामी अगाडि जोखिम मोलेर सफल भएका हौ।’

एमएस धोनी : द अनटोल्ड स्टोरी ३० सेप्टेम्बर २०१६ मा रिलिज भएको थियो। चलचित्रको निर्देशन नीरज पाण्डेले गरेका थिए। फिल्मले ठूलो सफलता हात पारेको थियो भने तेलगू र तमिलमा डबिङ गरिएको थियो। स्राेतः सेताे पाटी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७