मनोरञ्जन

दीपकराज गिरी- मेरो बाटो कहिले पनि महानायकको घरतिर मोडिएन

दीपकराज गिरी- मेरो बाटो कहिले पनि महानायकको घरतिर मोडिएन

नेपाली नायिका तथा कलाकारहरु पछिल्लो समय निकै नै विवादमा तानिँदै आएका छन् । केहिदिन अगाडि कलाकार दीपाश्री निरौलाले प्राइम टेलिभिजनको ‘रजतपट अंकल” कार्यक्रममा वरिष्ठ रंग पत्रकार प्रकाश सुवेदीसँग अन्तर्वाता दिने क्रममा महानायक राजेश हमालको बिषयमा बोलेपछि दीपाश्री निरौला विवादमा तानिएकि हुन् ।

यसै बिषयमा दीपाश्री निरौलाको बचाउ गर्दै चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा ‘अन्तर्वाता देखि होसियार” भन्दै एक स्टाटस् लेखेपछि उनी पनि ट्रोलको सिकार बनेका छन् । सामाजिक सञ्जाल जताततै महानायक दीपकराज गिरी भन्ने ट्रोल बन्न थालेपछि उनले सोमबार दिउँसो यस्तो लेखेका छन् ।

जब देखि कलाकार भएं, हरिदाइ, मदन दाइ र सन्तोष पन्त दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे । मेरो बाटो मेरो लक्ष कहिले पनि महानायकको घर तिर मोड़िएन, मेरो गल्ति बिना नै मलाइ जबरजस्ती महानायक बनाउनेहरू लाइ धन्यवाद…. जब असत्य चिच्याइ चिच्याइ बोलेर भिड जन्मा गरिरहेको हुन्छ । सत्यले चूपचाप आफ्नो बाटो हिड्नु राम्रो हाे भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७