मनोरञ्जन

लकडाउनमा निखिलको नयाँ लुक्स

लकडाउनमा निखिलको नयाँ लुक्स

गएको महिनादेखि लकडाउनलाई खुकुलो पारिएको छ । तर, मनोरञ्जन क्षेत्र लकडाउन अन्त्य नभएसम्म पुनः सञ्चालनमा आउने सम्भावना न्यून छ ।

फिल्म निर्माणदेखि प्रदर्शनसम्म रोकिँदा कलाकारहरु फुर्सदिला भएका छन् । तीन महिनादेखि घरमै परिवारसँग समय विताइरहेका उनीहरु काममा फर्किने प्रतिक्षामा छन् । लकडाउनमा धेरै अभिनेताको लुक्स नै बदलिएको छ ।

घरमा सीमित रहेका ए क्सन अभिनेता निखिल उप्रेतीको लुक्स पनि निकै फेरिएको छ । केही दिनअघि उनले आफ्नो आधिकारिक फेसबुकमा एक तस्विर साझेदार गरेका छन्, जसमा उनलाई लामो कपाल र दाह्रीमा देख्न सकिन्छ । झट्ट हेर्दा उनलाई ठम्याउन पनि मुश्किल पर्छ । यद्यपि, बढेको कपाल र दाह्री उनलाई सुहाएको भने छ ।

उनको बदलिएको लुक्स नयाँ फिल्मका लागि त होइन ? किनकि, उनी ‘भैरव’ को सिक्वेलको तयारीमा छन् । ‘आयो भैरव’ नाम राखिएको फिल्मलाई उनी आफैंले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७