मनोरञ्जन

जब आफ्नै शोमा ट्रोल भए करण जोहर

जब आफ्नै शोमा ट्रोल भए करण जोहर

यतिबेला बलिउडमा नातावादको बहस जारी नै रहेको छ । विभिन्न फिल्म निर्माता तथा कलाकाररुलाई यही विषय बनाएर निशाना साँधिएको छ । विशेषगरी करण जोहरको टिभी शो कफी विथ करण कै विभिन्न भिडियोहरु भाइरल भइरहेका छन् जसमा अन्य कलाकारहरुलाई लक्षित गरी व्यंग्य गरिएको देख्न सकिन्छ ।

उक्त शोमा यस्ता क्षणहरु पनि छन् जुनबेला अतिथिहरुले नै करणलाई र्याख-र्याख पारेका हुन्छन् । करण जोहर र नायिका कंगना रनाउतको चिसोपन त सबैलाई थाहा नै होला । कंगनाले करणलाई मूभी माफियासम्म भनेकी छन् । उनले खुलेआम रुपमा करणले नातावादलाई बढावा दिएको आरोप लगाएकी छन् ।

करणले कार्यक्रममा एक प्रश्न सोधेका थिए, ‘बलिउडको सबैभन्दा ओभररेटेड अभिनेता को हो ?’ यसको जवाफमा कोंकना ले भनिन्, ‘दिलवाले दुल्हनियामा करण जोहर।’

अभिनेत्री कोंकणा सेन शर्मा पनि करणको ट्रोल गर्न पछि परिनन् । करणले कार्यक्रममा एक प्रश्न सोधेका थिए, ‘बलिउडको सबैभन्दा ओभररेटेड अभिनेता को हो ?’ यसको जवाफमा कोंकना ले भनिन्, ‘दिलवाले दुल्हनियामा करण जोहर।’ उक्त चलचित्रमा करण जोहर केमियो भूमिकामा थिए ।

करणले आमिरलाई सोधे, ‘बलिउडमा यस्तो कुन कुरा छ जुन तपाईलाई मन पर्दैन ?’ जवाफमा आमिरले ‘तपाइको शो’ भनेर जवाफ दिए

त्यसैगरी शोमा करणले बलिउडमा कसले अभिनयको क्र्यास कोर्स गर्न जरुरी छ भनी प्रश्न गर्दा अभिनेत्री काजोलले करण जोहरको नाम लिएकी थिइन् । बलिउडका मिस्टर पर्फेक्शनिस्ट आमिर खानले पनि करण जोहरको बोली बन्द गराएका थिए । शो का क्रममा करणले आमिरलाई सोधे, ‘बलिउडमा यस्तो कुन कुरा छ जुन तपाईलाई मन पर्दैन ?’ जवाफमा आमिरले ‘तपाइको शो’ भनेर जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७