मनोरञ्जन

टिकटक क्वीन रेश्माकाे १३ बाेल्ड तस्विर (फोटो फिचर)

टिकटक क्वीन रेश्माकाे १३ बाेल्ड तस्विर (फोटो फिचर)

पछिल्लो समय टिकटकमा चर्चित रेश्मा घिमिरे म्युजिक भिडियो लगायत अभिनयमा एक पछि अर्को गर्दै देखिइरहेकी छिन् । टिकटकमा रुचाइएकी उनको अभिनय निकै मन पराइएको छ । यसै बिच उनले केहिसमय पहिले नयाँ म्युजिक भिडियो खेलेकि थिइन् । भिडियोमा उनी मात्र होइन वर्षा राउत पनि देखिँदै छिन् । वर्षा र रेश्माले पहिलो पल्ट सँगै काम गरेका हुन् । गीतको शिर्षक ‘गलबन्दी पछ्यौरी’ रहेको छ । गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गर्दै छन् । निर्देशक आचार्यले गीतलाई ‘पिरिम नलाउने २’को प्रीक्वेल भएको बताएका छन् ।

टिकटककै माध्यमबाट भाइरल भएका थुप्रै कलाकारहरु म्युजिक भिडियो लगायत फिल्ममा देखिदैँ आएका छन् । नेपालमा लाखौँ प्रयोगकर्ता रहेको टिकटकमा रेश्मा घिमिरे परिचित नाम हो । सर्वाधिक रुचाइएकि रेश्माको टिकटकमा मात्रै झण्डै दश लाखले पछ्याएका छन् । उनको भिडियो भने १६ मिलियन पटक मनपराइएको छ ।

‘यो साइनो मायाको’ फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकि रेश्मा कलाकारीता क्षेत्रको एउटा प्याकेज नै हो । किनभे, उनी मोडल, गायिका, नर्स र नायीका हुन् । पेशाले नर्स रहेकि रेश्मा अभिनित चलचित्र फ्लप भएपनि टिकटकमा भने उनी सधैँ हिट छिन् । उनको हरेक भिडियोमा दर्शकको घुइँचो नै हुन्छ । टिकटकबाटै चर्चामा आएकि रेश्माले दर्जनौँ म्युजिक भिडियो खेलिसकेकि छिन् ।

पछिल्लो समय कालीप्रसाद बास्कोटाको ‘इन्स्टाको फोटो’ बोलको गितमा अभिनय गरेर चर्चामा आएकि रेश्माले त्यसपछि म्युजिक भिडियोको थुप्रै अफरहरु पाएकि छिन् । सानैदेखि नायिका बन्ने रहर रहेको रेश्माले अन्तर्वार्तामा बताउदैँ आएकि छिन् । भलई, उनको डेब्यु फिल्मनै फ्लप भयो । फिल्म रिलिज भएपछि पनि रेश्मालाई चिन्नेको संख्या थोरै थियो । म्युजिकल्लीमा हालेको एउटा भिडियोले उनलाई भाइरलनै बनायो । अहिले भने उनलाई नचिन्नेको कमि छैन । उनको हरेक भिडियो एक लाख बढिले हेरिसकेका छन् ।

रेश्मा जतिनै व्यस्त भएपछि टिकटकमा भिडयो हाल्न छोड्दिनन् । उनी भन्छिन्, ‘टिकटक नहाल्दा दर्शकले बिर्सिने पो हुन् कि भन्ने डर लाग्छ । त्यसैले मध्यरातमा पनि टिकटक बनाएर हाल्छु ।’ पेशाले नर्स रहेकि रेश्मा मिजासिलो स्वभावकि छिन् । उनको कलाकारीतालाई दर्शकले खुबै मनपराईरहेका छन् । उनी आफूजस्तै टिकटक प्रयोगकर्तालाई सुझाव दिन पनि पछि हट्दिनन् ।

उनी भन्छिन्, ‘टिकटक रमाईलोकालागि प्रयोग गर्ने हो । भिडियो भाइरल भएन भनेर चित्त दुखाउनु व्यर्थ हुन्छ ।’ उनले समाजिक संजालमा मात्र समय खर्चेर टिकटकमै व्यस्त नहुन टिकटक प्रयोगकर्तालाई सुझाव दिन्छिन् । समाजिक संजालमा भाइरल हुनु क्षणिक रहेको उनी बताउँछिन् । ‘भिडियोे चलेन भनेर चिन्ता नगर्नु, आफू रम्नुहोस्’ उनले भनिन् ।

सामाजिक एप्समा अहिलेको चर्चित एप्स टिकटकमा विभिन्न गीतमा १५ सेकेन्डको लिप्सिंग गरेर भिडियो बनाएर अपलोड गरेर धेरैले आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन् । यहि मध्येमा पर्छिन् विराटनगरकी, रेश्मा । डेव्यु चलचित्रमा असफलताको स्वाद चेखेकी रेश्मा पछिल्लो समय निकै चर्चामा रहेकी छिन् । उनको टिकटक भिडियोलाई उनका फ्यानहरुले निकै सकारात्मक प्रतिक्रिया इदें गरेका छन् ।

रेश्मा पछिल्लो समय म्युजिक भिडियो सुटमा निकै व्यस्त रहेकी छिन् । नेपालमा चलेका कलाकारहरुले पनि टिकटक भिडियो बनाइरहेको पाइन्छ । रेश्मा घिमिरे लगायतका अन्य नामहरु टिकटकका लागि हिट छन् । यहि भिडमा रेश्मा बिश्व मांझ हिट सछन् । टिक टकमा उनको हाउभाउलाई करोडौंले रुचाएका छन् । पछिल्लो समय फिल्मको प्रचारप्रसारकालागि पनि टिकटक प्रयोग हुदैँ आएको छ ।

रेश्माले विभिनन म्युजिक भिडियो लगायत फिल्मको गितमा अभिनय गर्दै आएकि छिन् । अझ, रमाइलो कुरा त के छ भने रेश्माले उक्त भिडियो गरेबापत पैसापनि पाउँछिन् । प्रचारप्रसारकालागि फिल्म निर्माताले टिकटकमा प्रतियोगितानै संचालन गर्ने गरेका छन् । यता, चर्चित कलाकारहरुलाई भने पैसा दिएरनै भिडियो बनाउन लगाउँछन् । जे होस्, समाजिक संजालमा भाइरल भएकि रेश्मा फिल्ममा पनि यसरीनै चलुन्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७