मुख्य समाचार

भोलिदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

भोलिदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । संकेत नम्बर ज-८९००००० देखि ट-३३९९९९९९ सम्मको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७