धर्म/ संस्कृति

यस्ता छन् तामाको भाँडामा पानी राख्दा हुने फाइदा

यस्ता छन् तामाको भाँडामा पानी राख्दा हुने फाइदा

प्रायजसो व्यक्तिले तामाको भाँडामा राखेको पानी पिउँदा राम्रो हुन्छ भन्ने गर्छन्। तर, तामाको भाँडोमा राखेको पानी पिउँदाका फाइदाबारे थोरै व्यक्ति मात्र जानकारी हुन्छ । हिन्दु परम्पराअनुसार तामालाई पवित्र धातु मानिन्छ। त्यसैले परम्परादेखि पूजापाठ तथा धार्मिक काममा तामाका भाँडा प्रयोग गरिँदै आएको हो। तामाले पानीलाई प्राकृतिक रूपमै जीवाणुरहित बनाउँछ । किनकि, तामामा जीवाणु मार्ने तत्त्वो हुन्छ । त्यसैले तामाको भाँडामा राखेको पानी बढी शुद्ध हुन्छ ।

–तामाको भाँडोमा राखेको पानी खानाले स्नायु प्रणाली स्वस्थ्य रहन्छ ।
–तामामा चोटपटकको असरबाट चाँडो तंग्राउने गुण हुन्छ ।

–यस्तो पानीले पाचन क्रियालाई टेवा पु¥याउँछ । साथै, यसले शरीरमा बढी बोसो जम्मा हुन दिँदैन ।
–तामाको भाँडोमा राखेको पानी खानाले पानीबाट सर्ने रोग धेरै हदसम्म कम गर्न सकिन्छ ।

–तामाको भाँडोमा राखेको पानी खानेहरूको कपाल र छाला स्वस्थ रहन्छ ।
–छालासम्बन्धी रोग, ग्यास्ट्रिक र रक्तअल्पता भएका मानिसले तामाको भाँडामा राखेको पानी खानु लाभदायक हुन्छ ।

–एमआरएसए प्रजातिका खत रनाक र जेद्रा ब्याक्टेरिया पनि तामाको सम्पर्कमा आएपछि म र्ने गर्छन् । त्यसैले तामाको भाँडोमा राखेको पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७