समाचार

काठमाडौँको नयाँ बसपार्क भित्र आगलागी, १२ वटा हाइस ध्वस्त

काठमाडौँको नयाँ बसपार्क भित्र आगलागी, १२ वटा हाइस ध्वस्त

काठमाडौँको नयाँ बसपार्कमा आइतबार बिहान आगलागी हुँदा १२ वटा (हाइस) माइक्रोबस ध्वस्त भएका छन् । आगलागी के कति कारणले भयो र कति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यातायातकाे कार्यालय नजिकै एक ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा हाइस पूर्ण रुपमा र ४ वटा हाइस आशिंक रुपमा जले

बसपार्क भित्र रहेको दिगाे यातायातकाे कार्यालय नजिकै एक ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा हाइस पूर्ण रुपमा र ४ वटा हाइस आशिंक रुपमा जलेको प्रहरीले जनाएको छ ।

आगलागीमा परी बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरका हाइस पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । यस्तै, बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरका हाइसमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७