मनोरञ्जन

लोकप्रिय नायिका स्वस्तिमा खड्काको आज जन्मदिन

लोकप्रिय नायिका स्वस्तिमा खड्काको आज जन्मदिन

लोकप्रिय नायिका स्वस्तिमा खड्काको आज जन्मदिन हो । विसं २०५२ मा जन्मिएकी स्वीसतमालाई जन्मदिनको शुभकामना रातीको १२ बजे नै उनका पति निश्चिल बस्नेतले दिएका छन् । चलचित्र होस्टेल रिटर्न्स बाट डेब्यु गरेकी चर्चित नायिका स्वस्तिमा खड्का एक नेपाली चलचित्रकी सफल नायिका हुन् । उनले पहिलो चलचित्र होस्टेल रिटर्न्स बाट डेब्य गरेकी थिइन् । निश्चलले स्वस्तिमालाई जन्मदिनको शुभकामना दिँदै सामाजिक संजालमा ‘ह्याप्पी बर्थडे बुढी भनेर लेखेका छन् ।

सन् २०१५ देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुँदै आएकी स्वस्तिमाले इन्स्टाग्राममा लेहेङ्गामा सजिएकी तस्विर केहिसमय पहिले शेयर गरेकी थिइन् । उक्त तपस्विरमा उनि निकै सुन्दरी देखिएकी छिन् । उनले चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गरेकी उनले पहिलो म्युजिक भिडियो स् मधुरो रातमा अभिनय गरेकी थिइन् ।

दर्जनौ नेपाली चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी उनले चलचित्र बुलबुल बाट राष्ट्रिय अवार्ड हात पारेकी थिइन् । पछिल्ले समय उनि नेपाल चलचित्र चपली हाईट ३ मा अभिनय गरेकि छिन् । केहि समय पहिला स्वस्तिमाले म्यानमार पुगेर बोल्ट अबतारका तस्विर सामाजिक संजाल मार्फत शेयर गरेकी थिइन् । होस्टल रिर्टन्स, २ रुपैयाँ, छक्का पञ्जा २, नाई नभन्नु ल ५, लभ लभ लभ लगायतका चलचित्रमा अभिनय गरेकी यि सुन्दरीले कैयौँ म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७