समाचार

सुशान्तको तस्बिरले सजिएको छ पूर्वप्रेमिका अंकिताको घर (तस्विरसहित)

सुशान्तको तस्बिरले सजिएको छ पूर्वप्रेमिका अंकिताको घर (तस्विरसहित)

बलिउड चर्चित रहेका अभिनेता सुशान्त राजपुतको नि धन भएको १५ दिन भन्दा बढी भयाे । उनको नि धन पछि उठेको एक वहसले अहिले पनि सुशान्तको हरेक पाटाको विषयमा अनुसन्धान भइरहेको छ । गत जुन १४ मा आफ्नै घरमा झु न्डिएको अवस्थामा मृ त फेला परेका थिए । उनी पवित्र रिस्ता नाम गरेको धारावाहिकवाट कलाकारितामा प्रवेश गरेका थिए । उनको को स्टारका रुपमा अंकिता लोखण्डे थिइन् ।

उनीहरु करिब ७ वर्ष प्रेम सम्बन्धमा थिए । तर पछि सुशान्त सानो पर्दावाट ठूलो पर्दा तिर ब्यस्त हुन थाले । उनीहरुको प्रेम सम्बन्ध पनि छुट्यो

लामो समय काम गरेका उनीहरुबीच प्रेम सम्बन्ध पनि स्थापित भएका थियो । उनीहरु करिब ७ वर्ष प्रेम सम्बन्धमा थिए । तर पछि सुशान्त सानो पर्दावाट ठूलो पर्दा तिर ब्यस्त हुन थाले । उनीहरुको प्रेम सम्बन्ध पनि छुट्यो । सुशान्त आफ्नै जिवनमा ब्यस्त हुन थाले । अंकिता र सुशान्तको कुराकानी पनि हुन छोडेको थियो ।

अंकिता भने सुशान्तसंगको प्रेम छुट्दा जहाँ थिइन् त्यही उनलाई सम्झदै बसेकी थिइन् । उनले सुशान्तसंगको प्रेम छुटेपछि पनि उनीसंग जोडिएका धेरै चित सम्हालेर राखेकी थिइन् ।

सुशान्त आफ्नो जिवनमा ब्यस्त भइरहँदा करिब ७ वर्ष सम्म प्रेममा रहेकी अंकिताले भने सुशान्तलाई विर्सन सकेकी थिइनन् । भनिन्छ सुशान्तको जिवनमा रिया चक्रवती आइसकेकी थिइन् । तर अंकिता भने सुशान्तसंगको प्रेम छुट्दा जहाँ थिइन् त्यही उनलाई सम्झदै बसेकी थिइन् । उनले सुशान्तसंगको प्रेम छुटेपछि पनि उनीसंग जोडिएका धेरै चित सम्हालेर राखेकी थिइन् । सुशान्तको नि धन पछि अंकिताले ति सामान सार्वजनिक गरेकी छन् । उनले सुशान्तको सम्झनामा राखेका वस्तुहरुको अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

सुशान्तको निधन पछि बलिउडमा परिवारवादको विषयमा वहस सुरु भएको हो । जसका कारण सुशान्तले बलिउडमा अवसर नपाएको, ७ महिनाको अवधिमा ६ वटा फिल्म उनको हातवाट गएको र परिवारवाद संग जोडिएकाहरुले उनको वहिष्कार अभियान नै सञ्चालन गरेको भन्दै वहस सुरु भएको हो । जसका कारण सुशान्तले जिवन त्याग्ने निर्णय गरेको भन्दै त्यसरी उनलाई वहिष्कार अभियान चलाउनेहरुलाई कारवाही गर्नुपर्ने माग उठेको छ । उनको नि धन पछि उनीसँग जोडिएका तस्बिर, सम्बन्ध तथा उनले गरेका राम्रा कामहरुको प्रशंसा भइरहेको छ । साथै, उनका यादमा उनका प्रशंसकहरुले निकै पीडा समेत पोखिरहेका छन् ।

यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिर हेर्नेहरुले सुशान्त र अंकिताबीच गहिरो प्रेम रहेका प्रतिक्रिया जनाएका छन् ।

यसैबीच, उनकी पूर्वप्रेमिकासँगको सम्बन्धको चर्चाले पनि अहिले सामाजिक सञ्जाल भरिएका छन् । सुशान्तका एक प्रशंसकले उनकी पूर्वप्रेमिकाको एउटा पुरानो तस्बिर शेयर गरेका छन् । तस्बिरमा अंकिता लोखण्डे आफ्नी आमासँग देखिएकी छिन् भने उनको पछाडि घरका भित्ताहरुमा सुशान्तसँगका तस्बिरहरु टाँगिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७