मनोरञ्जन

पूजामाथि सुष्माको प्रहार- ‘नेपालका हिरोइन देखेर लाज लाग्यो’

पूजामाथि सुष्माको प्रहार- ‘नेपालका हिरोइन देखेर लाज लाग्यो’

नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् ? नेपालमा ७७ जिल्ला, १४ अञ्जल र ७ प्रदेश छन् । तर, नेपाली फिल्मकी अभिनेत्री पूजा शर्माले नेपालमा ७७ जिल्लाबाट १४ जिल्लामा झारिदिएकी छन् ।

उनले एक अन्तर्वार्तामा नेपालको जिल्लाको संख्याबारे दिएको गलत जवाफको भिडियो क्लिप केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । पूजाले तीन महिनाअघि प्राइभ टिभीमा दिएको अन्तर्वार्तामा नेपालमा १४ जिल्ला रहेको बताएकी थिइन् । यो अन्तर्वार्ता यूट्युबबाट हटाइए पनि उनले नेपालको जिल्लाबारे दिएको जवाफको भिडियो अहिले छ्यापछ्याप्ती भएको छ ।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी ट्रोलको शि कार भएकी छन् । नेपालमा जन्मिएर नेपालमा कति जिल्ला छन् भन्ने ज्ञान नहुने अभिनेत्रीले आफूलाई नेपाली भन्न नसुहाउने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना पनि गरिरहेका छन् ।

यसबीच, अभिनेत्री सुष्मा कार्कीले पूजाको कटाक्ष गरेकी छन् । उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने ज्ञान नहुने नेपालका हिरोइन देखेर लाज लाग्यो । छिःछिः ।’ उनले पूजाप्रति प्रहार गरेको यो पहिलो पटक भने होइन । उनीहरुबीच वर्षौंदेखि पानी बाराबारको सम्बन्ध छ ।

पूजाको हरेक एक कमी-कमजोरी औंल्याएर बस्ने गरेकी सुष्माले एकपटक फेरि उनको कटाक्ष गर्ने मौका पाएकी छन् । नेपालको जिल्लाबारे दिएको गलत जवाफका कारण पूजा आलोचनाको पात्र बन्दा अहिले सुष्मा जति खुसी को होला र ?

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७