समाचार

एक समाचार वाचिका त्यतिबेला आश्चर्यमा परिन्, जतिबेला आफ्नै नाम समाचारमा आयो !

एक समाचार वाचिका त्यतिबेला आश्चर्यमा परिन्, जतिबेला आफ्नै नाम समाचारमा आयो !

भारतको केरलकी एक समाचार वाचिका त्यतिबेला आश्चर्यमा परिन्, जतिबेला उनी प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन समाचार वाचनमा थिइन्। समाचार वाचनका क्रममा आश्चर्यमा पर्नुपर्ने कारण थियो, उनी आफैँ पुरस्कृत भएको खबर प्रत्यक्ष प्रसारणमा गइसकेपछि थाहा पाउनु।

समाचार पढ्दै जाँदा उनको गला एक्कासि रोकियो, जसमा केरल सरकारले प्रदान गर्ने मिडिया अवार्ड मा आफ्नै नाम पर्याे

केरल राज्यको ‘मातृभूमि’ मललायम च्यानलमा समाचार वाचन गरिरहेकी थिइन्, मुख्य सहायक सम्पादक एन श्रीजा श्याम। समाचार पढ्दै जाँदा उनको गला एक्कासि रोकियो, जसमा केरल सरकारले प्रदान गर्ने मिडिया अवार्ड मा आफ्नै नाम परेको थियो।

उनलाई ‘बेस्ट न्युज एंकर अवार्ड’ का लागि चुनिएको थियो। त्यसपछि उनले आफ्नो खुसी लुकाउने कोसिस गर्दै पूरै समाचार वाचन गरिन्

समाचार पढ्दै गर्दा उनले प्रोम्पटरमा आफ्नै नाम देखिन्, त्यसपछि उनी केही सेकेन्डका लागि रोकिइन्। उनलाई ‘बेस्ट न्युज एंकर अवार्ड’ का लागि चुनिएको थियो। त्यसपछि उनले आफ्नो खुसी लुकाउने कोसिस गर्दै पूरै समाचार वाचन गरिन्।

समाचार वाचनपछि उनले भनिन्, ‘म निकै आश्चर्यमा परेँ। अगाडि न्युज डेस्कका साथीहरु मलाई हेरेर हाँसिरहेका थिए। तर यो पल मेरा लागि निकै स्मरणीय बनेको छ।’

एन श्रीजासँगै उनका अन्य दुई सहकर्मीले समेत पदक जितेका थिए। समाचार वाचनपछि उनले भनिन्, ‘म निकै आश्चर्यमा परेँ। अगाडि न्युज डेस्कका साथीहरु मलाई हेरेर हाँसिरहेका थिए। तर यो पल मेरा लागि निकै स्मरणीय बनेको छ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७