मनोरञ्जन

‘शान्ति’ खोज्दै स्वस्तिमा, हेर्नुहाेस् १५ तस्विर

‘शान्ति’ खोज्दै स्वस्तिमा, हेर्नुहाेस् १५ तस्विर

दुई महिनाभन्दा लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई आनन्द र शान्त ठाउँको खोजी हुनु स्वभाविक नै हो । लकडाउनका कारण मानिसहरू तनावमा छन् । अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनाएको छ । सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । तर उनीहरू आफैँलाई पनि शान्त र आनन्द प्राप्त हुने स्थानको खोजी भइरहेको छ ।

नायिका स्वस्तिमा खड्काले हालै एक तस्वीर सेयर गर्दै ‘शान्ति’ लेखेकी छिन् । स्वस्तिमाले पनि लकडाउनका कारण उकुसमुकुस भएको बताउँदै आएकी थिइन् । स्विमिङ पुलमा रमाउँदै गरेको यो तस्वीर लकडाउनकै समयको हो या पहिलेको हो उनले खुलाएकी छैनन् । तर जेठ महिना सकिँदै गर्दा बढ्दै गएको गर्मीका कारण पनि स्विमिङ पुलमा रमाउने चाहना धेरैको हुन्छ।

कलाकारहरूले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै स्विमिङ पुल मिस गरिरहेको बताएका छन्।

हेराैँ स्वस्तिमाका केहि सामाजिक संजालबाट लिइएका थप तस्बिर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७