मनोरञ्जन

करिना कपुर भन्छिन्ः महिनाबारीको विषयमा केटा केटीलाई शिक्षा दिनु पर्छ

करिना कपुर भन्छिन्ः महिनाबारीको विषयमा केटा केटीलाई शिक्षा दिनु पर्छ

बलिउड अभिनेत्री करिना कपुरले महिनाबारीको विषयमा बोलेको विषयले बलिउडमा चर्चा पाएको छ । लण्डनमा विदा मनाएर फर्केकी करिनाले लखनउमा आयोजित एक कार्यक्रममा महिलाको महिनाबारीको विषयमा वालिकाहरुलाई शिक्षा दिनु पर्ने बताइन् ।

करिनाले भनिन्- सैफलाई छोडेर अर्जुनलाई विवाह गर्छु ! उनले महिनाबारीको विषयमा मानिसहरुको परंपरागत सोंचबाट आफूलाई दिक्क लाग्ने भन्दै करिनाले वालिकाहरुलाई महिनाबारीको बारेमा सबै जानकारी दिनु पर्ने धारणा राखिन् ।

लखनउमा आयोजित युनिसेफको कार्यक्रममा करिनाले महिलाको समस्याबारे पुरुषले समेत बुझ्नु पर्ने बताइन् । महिनाबारीका कारण युवतीहरुको पढाइ र अन्य काम प्रभावित हुन नहुने भन्दै करिनाले महिला कुनै पनि काममा पछि नरेहको तर उनीहरुलाई मौका भने दिइनु पर्ने बताइन् ।

पूर्व प्रेमीसँग काम नगर्ने भन्ने पुरानो जमानाको कुरा करिना कपुरले बताएकि छिन् । विद्यालयमा केटीहरुका लागि छुट्टै शौचालय बनाउनु पर्ने बताउँदै उनले महिनाबारीको विषयमा विद्यार्थी जीवनमै थाहा दिनु पर्ने बताइन् । हेर्नुहाेस् उनका केही तस्विरहरूः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७