मनोरञ्जन

सु्न्दरी आलियाको यति महंगो ड्रेस ड्रेसले पायो चर्चा (फाेटाे फिचर)

सु्न्दरी आलियाको यति महंगो ड्रेस ड्रेसले पायो चर्चा (फाेटाे फिचर)

बलिउडकी चर्चित नायिका हुन् आलिया भट्ट । बेलाबोमा चर्चामा आउने आलिया यतिबेला पनि पुन चर्चामा आएकी छिन् । कहिले उनले लगाएकोड्रेसका कारण चर्चामा हुन्छिन त कहिले प्रेमका कारण चर्चामा आउने गर्दछिन् ।बलिउडमा पछिल्लो समय आलिया भट्टले आफूलाई नम्बर वान नायिकाका रुपमा उभ्याएकी छिन् ।

केही समयअघि रिलिज भएको फिल्म ‘कलंक’ ले बक्स अफिसमा खासै सोचे जस्तो व्यापार गर्ने सकेन । उहि फिल्म ‘कलंक’ मा भने आलियाको चौतर्फि चर्चा चल्यो। उनि बलिउडकी नम्बर वन नायिका भनेर चिनिन्छिन् । आलियालाई इनस्टाग्रममा फलो गर्ने उनका लाखौ प्यानहरु रहेका छन् ।

उनि पछिल्लो समय बलिउडका चर्चित नायक रणवीर कपूरसँग प्रेम सम्बन्धमा रहेकी छिन् । उनिहरु आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर बोलेका छन् । बलिउडमा हालै उनले लगाएको महङ्गो ड्रेसको चौतर्फि चर्चा चलिरहेको छ । केहि दिन अघि नायिका आलिया ‘वी द वीमेन’ को एक कार्यक्रममा सहभागी भएकी थिइन् ।

उक्त कार्यक्रममा अलियाले सेतो रङको मिनि ब्लेजर लगाएकी थिइन् । उक्त ड्रेसमा उनी निकै सुन्दर देखिएकी छिन् । उनले कार्यक्रममा लगाएको उक्त ड्रेसमा धेरै फ्यानहरको नजर गएको थियो । र उनले लगाएको ड्रेसको मुल्य ८०, ७६४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७